Sunday, January 3, 2016

विनाशकारी भूकम्प , चौथो अंग हिजो, आज र भोलि


हेमनाथ खतिवडा 

राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि बढ्न सकेको छैन । हिमाली जिल्ला भएकै कारण पछिल्लो २ दशकमा पर्यटन र जलविद्युतको विकासबाट आफ्नो पहिचान बनेको यस क्षेत्रमा २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यस पछिको पराकम्पले निकै क्षति पु¥याएको छ ।  

सञ्चार क्षेत्रको कुरा गर्दा अहिले युवा शक्तिहरू प्रकाशित दैनिक, साप्ताहिक, पाक्षिकलगायतका पत्रपत्रिकाहरू भन्दा अनलाइन खोजी अध्ययन हेर्ने क्रम बढ्दो छ । राजधानीबाट नजिक रहेपनि भौगोलिक विकटता सडक तथा यातायातका साधन अभावको कारणले नुवाकोटको त्रिशूलीबाट डेढ दिनको पैदल यात्रापछि धुन्चे आइपुग्न सकिन्थ्यो । पहिले सञ्चार माध्यम मध्ये पत्रपत्रिकाहरू हेर्न ग्रामीण तहमा त के सदरमुकाममा समेत त्यति सम्भव थिएन । तीन दशक अघिको कुरा हो । गोरखापत्र र राजधानीबाट प्रकाशित हुने कम मात्रामा साप्ताहिक पत्रिकामात्र रसुवासम्म आइपुग्थे । त्यसबेला हुलाकबाट प्राप्त पत्रलाई आधार बनाएर स्थानीय समाचारदाताहरूले पठाउनुपर्ने बाध्यता थियो । त्यस्ता खबरहरू गोरखापत्रमा छापिन्थे । छापिएका खबरहरू हेर्न सरकारी कार्यालयमा जानुपथ्र्याे किनभने हुलाकमार्फत ४÷५ दिनपछि मात्र गोरखापत्र दैनिक पत्रिका आइपुग्थ्यो । 

सरकारी कार्यालयमा पुगेर सिमित ब्यक्तिहरूले मात्र पत्रिकामा छापिएका समाचारहरू पढ्थे । विक्रम् सम्वत् २०४२ सालताका पासाङल्यामु सडकमा सवारी साधन चलेपछि सवारी साधनमा गारेरखापत्र आउनथाल्यो । पञ्चायतकालमा राट्रिय समाचार समितिले पठाएको समाचारलाई गोरखापत्रले प्रकाशित गर्दथ्यो । गोरखापत्रमा मुख्य सहरमा मात्र समाचारदाता राखिएको सुनिन्थ्यो । २०४६ को जनआन्दोलनपछि सञ्चार ऐनमा भएको परिमार्जनले निजी क्षेत्रले पनि पत्रपत्रिका प्रकाशन गर्न पाउने प्रवधान भएपछि थुप्रै सङ्ख्यामा पत्रपत्रिकाहरू प्रकाशित हुन थाले । पछि विद्युतिय सञ्चार माध्यम टेलिभिजन र एफएम रेडियो पनि अलि बढीखुल्न थाले । त्यसपछिका कुना काप्चाका खबरले सञ्चार माध्ययममा स्थान पाउन थाले । नियमितरूपमा राष्ट्रिय तथा स्थानीय पत्रिका र विद्युतिय सञ्चार माध्ययममा रसुवाको पनि केही हदसम्म पहुँच पुग्न थालेको देखिन्छ । 

रसुवाबाट माध्यमामा समाचार सम्प्रेषण गर्ने पहिले ब्यक्ति ज्ञानेन्द्रनाथ न्यौपानेले २०४२ सालदेखि राट्रिय समाचार समितिमा काम गर्न थाल्नु भएको थियो । उहाँ अहिले पनि त्रिशूली प्रबाह र राससमा अझ पनि क्रियाशील हुनुहुन्छ । पछिल्लो अवधिमा गोरखापत्र, कान्तिपुर, राजधानी दैनिक , नेपाल समाचारपत्र, नागरिक, नयाँ पत्रिकालगायत धेरै राष्ट्रिय पनि रसुवा आउन थाले । यी पत्रिकाहरूले पनि रसुवामै स्थानीय समाचारदाताहरूलाई काम गर्ने अवसर दिएका छन् । यसका साथै टेलिभिजन, रेडियो र अनलाइनहरूमा पनि रसुवाका कुनाकन्दाराका खबरहरू प्रसारित हुन थाले । यसको क्रमसँगै जिल्लामा पत्रकारिता क्षेत्र र पत्रकारहरू पनि क्रमशः बढ्दै गइरहेका छन् । 

यतिबेला स्थानीय सञ्चार माध्यमकारूपमा कुनै पत्रपत्रिकाहरू प्रकाशित छैनन् । रसुवाका क्रियाशील पत्रकारहरूले प्रकाशन गरेको एक मात्र साप्ताहिक ‘रसुवा खबर साप्ताहिक’ थियो । यसले पनि तीन वर्षको यात्रामा विश्राम लिन पुग्यो । म आफुसहित प्रेमप्रसाद पौडेल, विश्वास नेपाली र राकेश लामालगायतका पत्रकार साथीहरूको क्रियाशीलतामा प्रकाशन भएको ‘रसुवा खबर’ तीन वर्ष सञ्चालनमा आएर रोकिन पुग्यो । 

अर्काे त्रैमासिक रूपमा प्रकाशन थालेको ‘रसुवाली आवाज’ र ‘नयाँ प्रबाह’ पत्रिका पनि त्यसै गरी बन्द भए । पछिल्लो समयमा जिल्लामा ३ वटा रेडियो र २ वटा अनलाइन सेवा सञ्चालनमा छन् । रसुवा खबर डटकम, कालिका खबर डटकम , लाङटाङ न्युज डटकम, अनलाइन सेवा छन् भने रेडियो रसुवा, लाङटाङ एफएम र गोसाँइकुण्ड एफएम सञ्चालनमा छन् । रसुवाका समाचारहरू साझा सवाल, मेरो जिल्ला, ईन्सेक अनलाईनमा पनि महत्वका साथ आउने गरेको छ  ।  

पत्रकारिताको विकासका निमित्त रसुवामा राष्ट्रिय सञ्चार विकास केन्द्रले २ पटक पत्रकारिता सम्बन्धि आधारभूत तालिम प्रदान गरेको थियो । सुवास आगमनको क्यानभाष रिसर्च सेन्टर , विस्वास नेपालीको अगुवाईमा नयाँ नेपाल नयाँ जागरण रेडियो श्रोता क्लव धैबुङ्गलगायतका स्थानीय संस्थाले आधारभूत पत्रकारिता तालिम दिएका छन् । तालिम पछि केहीले सीपलाई ब्यवहारमा उतारेका छन् । तालिमले जिल्लामा पत्रकारिता सेवा हो भन्ने भावना अन्य सरोकारवाला र केही मात्रामा सर्वसाधारणमा पनि जागृत भएको पाईन्छ । पछिल्लो समयमा तीन वटा रेडियो रसुवामा सञ्चालित छन् । ग्रामीण तहमा सूचनाको पहुँच बृद्धि गर्ने अपेक्षा गर्न सकिन्छ । 

राससमा स्वर्गीय  तेम्पा तामाङले सुरू गरेको देखिएपनि उनको निरन्तरता रहेन । राससका समाचारदाताको पत्रकारितामा लागिरहेका ज्ञानेन्द्र न्यौपानेले पत्रकारिताका २ दशक बिताएका छन् । उनी पछि मैले नै पत्रकारिता प्रति अभिरूचि राखेर लेख्न सुरू गरे । विद्लय तहमै पनि निबन्ध, कविता, बक्तृत्व कलमा भाग लिने र लेख्ने गर्दथे । केही सिर्जनाहरू त्यस बेला पनि पत्रिकामा छापिन्थे । त्यस्तै प्रेरणाले त्रिशूली प्रबाहसाप्ताहिक पत्रिकाको सरुवातसँगै जिल्लाको दक्षिणी क्षेत्रमा हुने गतिबिधीका समाचारहरू संकलन गरेर पठाउन थाले प्रकाशित भएर आउन थाल्यो । केही समाचारहरूको सकरात्मक प्रभाव पनि पर्न थालेकोले समाचार लेख्न प्रेरणा मिल्न थाल्यो । त्रिशूली प्रबाहसाप्ताहिकबाट नै मैले पत्रकारिताको निरन्तारता दिएको थिए । ०६० देखि ईन्सेकको नेपाल मानवअधिकार वर्षपुस्तक र नेपाल समाचार पत्र दैनिकमा रसुवा जिल्लाबाट सूचना संकलन गरेर पठाउने जिम्मेवारी मिल्यो । मुलुकमा दश वर्षे द्वन्दको पत्रकारिताको पनि मेरो तिता मिठा अनुभव छन् । कान्तिपुरमा पहिले उमानाथ आचार्यले सुरू गरेको देखिन्छ । अहिले उनी शिक्षण पेशामा छन् । त्यसपछि भरतजर्घामगरले जिम्मेवारी लिए भने अहिले कृष्ण थापा छन् । बलराम घिमिरे, निराजन पौडेल, विश्वास नेपाली, सुशील कोईराला रसुवामा क्रियाशील छन् । पछिल्लो समयमा पत्रकारितामा रूची राख्नेहरू बढ्दै छन् । तीनवटा रेडियो सञ्चालनमा छन् । यसले गर्दा पनि ग्रामीण पत्रकारितामा लाग्नेहरूले महिला पत्रकारहरूले सिक्ने र काम गर्ने मौका पाएको देखिन्छ । 

पत्रकारका नाममा चार पाँच जनाले काम गर्दासम्म कुनै जिल्लामा पेशागत संगठन र छाता संस्था पनि रसुवामा थिएन । नेपाल पत्रकार महासंघ नुवाकोट रसुवा शाखा थियो । मैल ०५८ मै साधारण सदस्याताका लागी आवेदन दिए । सदस्यता पनि स्वीकृत भएन । सदस्यता पाउन मेरो आधारभूत कुराहरू पुग्दा पनि निकै वर्षसम्म कठिन भयो । त्यसै वर्ष नुवाकोटमा प्रेस चौतारीको संयुक्त शाखाको सदस्य भए । प्रेस चौतारी नेपालको रसुवाको प्रथम जिल्ला अधिवेशन ०६७ पुस २५ गते धुन्चेमा भयो । त्यस पछि नै पत्रकारहरूको अन्य पेशागत संगठन रसुवामा प्रेस युनियन र क्रान्तिकारी पत्रकार संघ पनि जन्मेका हुन् । 

रसुवामा पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघको शाखा खोल्ने विषयमा निकै टकरावको अवस्था भयो । छुट्टै शाखा हुनु पर्छ भन्ने मान्यता हुनु राम्रो कुरा हो कसले नेतृत्व गर्ने भन्ने संर्किण मानशिकताले गर्दा गठन पनि अलमलमा परेको थियो । ०६७ जेठ २ गते शाखा खोल्ने प्रयास भएपनि त्यस बेला केन्द्रले तोकेर पठाएको आधिकारिक प्रतिनिधी उपस्थित नभएकोले पछि २०६७ साल पुस १० गते नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शीतल शाहको प्रमुख आतिथ्यमा भएको भेलाबाट पत्रकार ज्ञानेन्द्र न्यौपानेको संयोजकत्वमा १९ सदस्य रहेको तदर्थ समिति गठन भएको समितिले आधिकारीक रूपमा मान्यता पायो । ०६७ फागुन ४ गते प्रथम जिल्ला अबिधेशन भयो । त्यसको नेतृत्व भागिरथ देवकोटाले गरे । केन्द्रको नीति निर्देशनको पालना गर्दै कार्यक्रमहरू गर्दै ०७० फागुन २१ गते दोस्रो जिल्ला अबिधेशन भयो यसको नेतृत्व सोम तामाङले गरे पनि हाल अन्यत्र नोकरीमा लागेकोले अहिले कार्यवाहक अध्यक्षको जिम्मेवारीमा म आफै रहेको छु । बिधान र बिधी अनुसार कार्यक्रम गर्ने, मुलुकमा बिभिन्न खालका असहज परिस्थितीमा केन्द्रको निर्देशन अनुसार आन्दोनल अभियान गर्ने काम र पत्रकार संस्थागत विकास गर्ने कुरामा रसुवाका पत्रकारहरू एकवद्ध भएर लाग्नु पर्ने आवश्यकता देखिन्छ । अहिलेसम्म संस्थागत विकास गरेर अघि बढ्न सकेको छैन । 

जिल्लामा समग्र सञ्चारका माद्ययम अन्य जिल्लाको तुलनामा विकास सुरूवातको चरणमा छ । ०७२ बैशाख १२ को विनाशकारी भूकम्प र त्यस पछिको पराकम्पले रसुवामा क्रियाशील पत्रकार र सञ्चार संस्थाहरूलाई पनि असर पुगेको छ । सञ्चारकर्मीहरूको सञ्चार उपकरणहरू र बसोबास गर्ने घर भत्केकको छ भने कति साथीहरूले आफन्त गुमाएको पिडा पनि छ । यसले ग्रामीण तहमा सुरूवातको अवस्थामा रहेको पत्रकारितामा निकै असर पु¥याएको छ । यद्यपी रसुवामा सञ्चारकर्ममा लागेका साथीहरूले सक्रियताका साथ आफ्ना सञ्चार माध्यममा नियमित रूपमा समाचार सम्प्रेषण गरेर सामाजिक रूपमा पनि योगदान गरेका छन् । सञ्चार माध्यामा रहेका केही समस्याहरू समाधान हुन सकेर सञ्चारमा लगानीमैत्री वातावरण भएमा पछिल्लो पुस्ताबाट जिल्लाले पत्रकारिताको विकासमा आशा गर्न सकिन्छ । 
विनाशकारी भूकम्पको पिडामा पनि सवै संचारकर्मीहरू आफ्नो पेशा धानेर काम गरिरहेका छन् भने घुम्ती नागरिक सहायता कक्ष लुथरन विश्व फेडसेसन, क्वीक भोलेन्टियर, सिविस, शक्ति समुह, जिल्ला भुमिअधिकार मञ्च, हामी, ओरेक, एसिएफलगायत संस्थामार्फत केही मानवअधिकारकर्मी, पत्रकारहरूले भूकम्प पीडितहरूको अधिकार र सामाजिक न्यायको पक्षमा काम गर्ने मौका पाएको देखिन्छ । वास्तविक भूकम्प पीडितहरूलाई राहत दिलाउन, पाउनका लागी प्रक्रिया बारे सहजिकरण गर्ने काममा सहायता कक्ष तथा अन्य संस्थामा आवद्ध भएर रिर्पोटिङ गरी सरोकारवालाहरूको ध्यान खिच्ने काममा पत्रकारहरूको भूमिका महत्वपूर्ण देखिएको छ । अहिले मोवाईल सिटिजन हेल्प डेक्समा पनि आवद्ध भएर काम गरिरहेको छु । हामीले प्रकोपमा पनि रिर्पोटिङ गरेर नयाँ अनुभव संगाल्दै छौं । 

भूकम्प पीडित सर्वसाधारणलाई कहिले २ लाख कहिले ५ लाख रुपैयाँ आवास निर्माणका अनुदान १५ लाख सहुलियत ऋण दिने चर्चा छ । सरकारले स्पष्ट नीति तयार गरी लागू गर्न नसक्ता समस्या देखिएको छ । भूकम्प पीडितहरूलाई सहयोग गर्न बिभिन्न दातृ निकायले दिएको ७४ अबर रुपैयाँ सरकारी ढुकुटीमा जम्मा भएको छ । उक्त रकम पनि खर्च गर्न सकेको छैन । 

रसुवामा करिव १३ हजार घरधुरी  मध्ये ९८ प्रतिशत भौतिक क्षती भएको छ । भने लाङटाङ, हाकु , डाडागाउँ र राम्चे गरी १ हजार बढि घरधुरी बिस्थापित छन् । सुख्खा तथा हिम पहिरोले पहिरोले बगेपछि  गाउँले बिस्थापित भए । बिस्थापितहरू आवास, शिक्षा, स्वास्थ्य र जीविकाको समस्यामा छन् । भूकम्प पीडित परिवार परिचय पत्र बितरणमा छुटेका तथा राहत पनि छुटेका पनि धेरै छन् । कतिपयले प्रक्रियामा अलमल परेर छुटेका थिए । वास्तवमा छुटेका पहिचान गरी उनीहरूलाई राहत तथा परिचय पत्र दिने काम भएको छैन । भौतिक संरचना मात्र होईन आर्थिक पुर्नर्निमाण आजको आवश्यकता हो । विनाशकारी भुकम्पले हामी निकै चिन्तित भएको समयमा महासंघ केन्द्रीय अध्यक्ष लगायत सवै संगठनका नेताहरू रसुवा आएर भेट्न तथा केही संस्थागत राहत प्राप्त हुँदा हामीलाई हौसला मिलेको छ । सवै पक्ष मिलेर जिल्ला मात्र नभई १४ जिल्लाको अर्थिक सामाजिक देखि भौतिक पुर्ननिर्माण हर्न जरुरी छ । 

अन्त्यमा रसुवा भुगोलले राजधानीदेखि नजिक रहेर पनि यहाँको पत्रकारिता माथि नउठ्नुका बिभिन्न कारणहरू मध्ये जिल्लाको अन्य विकाससँग पनि जोडिएको छ । बल्लतल्ल तीन बटा बिएड (स्नातक) तहको अध्यापन हुने कलेज छन् । दश वटा उच्चमावि छन् । अहिलेसम्म पत्रकारिता पढाई हुन सकेको छैन । जिल्ला बाहिर रहेर पत्रकारिता पढ्दै गरेकाहरू पनि पत्रकारितालाई पेशा बनाउने कमै छन् । तालिम र अनुभवबाट मात्र बिभिन्न विषयमा आफुलाई अद्यावधिक गर्दे पत्रकारिता गर्ने मोफसलको नियति नै हो । पत्रकारिता बारे बुझाई कम हुनु । जिल्लामा छापाखाना नहुनु , स्थानीय सञ्चार मध्यममा लगानी नहुनु , बिज्ञापन र सूचना दिने बानीको विकास नहुनु यहाँका मुख्य समस्याहरू छन् । बिभिन्न खालका समस्या र चुनौतिहरूसँग पौठेजोरी खेल्दै स्थानीय तथा राष्ट्रिय, छापा तथा विद्युतिय र न्यु मिडियाहरूको रसुवाको पहुँच ग्रामीण तहमा पु¥याउन र संचारकर्मी साथीहरू अझै फैलिनु पर्ने देखिन्छ नयाँ पुस्ताबाट जिल्लाले आशा गरेको छ ।   

लेखक नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रसुवाका कार्यबाहक अध्यक्ष  हुन् । 

Saturday, December 6, 2014

बढ्दो चुनौती र भय सामना गर्दै एसियाली मानवअधिकार रक्षकहरू

काठमाडौं । ०७१ मङ्सिर २० गते
एसियाली मानवअधिकार रक्षकहरूको प्रभावकारी संरक्षणको प्रत्याभूतिका लागि विभिन्न संस्थाहरूले एसिया महादेशका सरकारहरू,राष्ट्रियक्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई आग्रह गरेको छ ।

एसियन फोरम फर ह्युमन राइट्स एण्ड डिभेलममेन्ट (फोरम-एसियार टास्क फोर्स डिटेनिस अफ फिलिपिन्स तथा फिलिपिन्स अलायन्स अफ ह्यूमन राइट्स एड्भोकेट्सले मङ्सिर २० गते फिलिपिन्सको क्यूजेन सिटीबाट एक संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।

एसियाका २२ राष्ट्रका १५० भन्दा बढी मानवअधिकार रक्षहरू मङ्सिर १७ देखि २० गतेसम्म छैठौं एसिया क्षेत्रीय मानवअधिकार रक्षक मञ्चमा भेला भएका थिए । फोरम एसियाले अर्धवाषिर्क रूपमा आयोजना गर्ने यस भेलाले मानवअधिकार रक्षकहरूका काम र पैरवी छलफलका साथै आफ्ना अनुभव र आफूले सामना गर्ने भयहरू साटासाट गर्ने मञ्च प्रदान गर्छ । कार्यक्रमका अवसरमा एसियाका मानवअधिकार रक्षकहरूको अवस्थाबारे जनचेतना फैलाउन फोरम एसियाले मानवअधिकार रक्षकसम्बन्धी अनलाइन पोर्टलको पनि सुरूवात गरेको थियो ।

लाकतन्त्रलाई अगाडि बढाउन र दिगोपनका लागि मानवअधिकार रक्षकहरूको महत्वपूर्ण भूमिका हुने भन्दै फोरम एसियाका अध्यक्ष हेन्री तिफाग्नेले उनीहरूले झूठो फौजदारी अभियोगदेखि जबर्जस्ती बेपत्ता र गैरन्यायिक हत्यासम्मका भय र चुनौतीको सामना गर्नुपरेको बताए । राष्ट्रियक्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी संयन्त्रमार्फत एसियामा मानवअधिकार रक्षकहरूको संरक्षणलाई बलियो पार्नु पर्ने आजको आवश्यकता होउनले भने।

मानवअधिकार रक्षकहरूको अवस्थाबारे राष्ट्रसंघीय विशेष समाधिक्षक माइकल फोर्स्टले कार्यक्रमको उद्घाटनमा एसियाली मानवअधिकार रक्षकहरूमाथि धम्कीआवतजावतमा रोकतोकदुर्व्यवहार र फौजदारी अभियोग लाग्न सक्ने सम्भावना रहेको बताए । मौलिक स्वतन्त्रताबाट वञ्चित गर्ने यस्ता घटना मानवअधिकार रक्षकहरूलाई बद्नाम गर्नेतर्फकेन्द्रीत रहेकेा उनले बताए ।

फलामे लिङ्गो प्रयोगले वर्षेनी हजारौ रुख जोगिए


धुञ्चे, रसुवा
रसुवाको मध्यवर्ती उपभोक्ता समितिहरुले स्थानिय बासिन्दाहरुलाई फलामे लिङ्गो वितरण गर्दा जंगल विनास हुनबाट वर्षेनी हजारौ रुख काटिनुबाट जोगिएको अध्ययन प्रतिवेदनले देखाएको छ । 
मध्यवर्ती क्षेत्रमा  ग्रीन नेपाल ललितपूर नामक संस्थाका डा. नागेन्द्र प्रसाद यादवले लाङटाङ रािष्ट्रय निकुञ्जको ९ वटा मध्यवर्ती उपभोक्ता समितिहरुमा गरेको अध्ययनमा मध्यवर्ती उपभोक्ता समितिहरुले कार्यक्रमहरु निर्देशिका अनुसार कार्यक्रम बजेट खर्च नभएको डा.यादवले बताएका छन ।

मध्यवर्ती उपभोक्ता समितिले निर्देशिकामा अनुसार संरक्षण कार्यक्रममा ३० प्रतिशत, सामुदायिक विकास कार्यक्रममा ३० प्रतिशत, आय आर्जन तथा सीप विकास कार्यक्रममा २० प्रतिशत, संरक्षण शिक्षा कार्यक्रममा १० प्रतिशत र प्रशासनिक कार्यक्रममा १० प्रतिशत वजेटको खर्च गर्नु पर्नेमा सामुदायिक विकास कार्यक्रममा मात्र ७२ प्रतिशत, संरक्षण कार्यक्रममा १२ प्रतिशत, आर्य आर्जन तथा सीप विकास कार्यक्रममा ७ प्रतिशत, संरक्षण शिक्षा कार्यक्रममा ३ प्रतिशत र प्रशासानिक कार्यक्रममा १ प्रतिशत वजेट खर्च गरिएको अध्ययन प्रतिवेदनले  देखाएको छ ।

पुरानो मध्यवर्ती उपभोक्ता समितिहरुले नयाँ उपभोक्ता समितिलाई हिसाव, किताव र खाता हस्तान्तरण गर्ने बानीको विकास नभएकोले पुरानो डाटा मिल्न नसकेको डा. नागेन्द्र प्रसाद यादवको प्रतिवेदनमा उल्लेख गरिएको छन ।

एघारौ महिला स्वास्थ्य स्वयमसेविका दिवस

चिलिमे,रसुवा
एघारौं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा सुआहारा कार्यक्रम तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिबिध कार्यक्रम सम्पन्न भयो । 

गोल्जङ, गत्लाङ, र चिलिमे गाविसका महिला स्वास्थ्य स्वयमसेविका सहभागि कार्यक्रमा ¥याली तथा सरसफाई कार्यक्रम गरिएको थियो । थाम्बुचेत स्वास्थ्यचौकी तथा गाउँ बरीपरी सरसफाई गरी स्थानीय हिमालयन बृद्धाआश्रमका बृद्धबृद्धाहरूलाई अण्डा , सावुन , नेलकटर, बितरण गरिएको थियो । कार्यक्रममा महिला स्वयमसेविकाहरूको समुहगत हाजिरीजवाफ प्रतियिोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई अण्डा, सावुन नेलकटर र भित्तेघडी पुरस्कार प्रदान गरिएको थियो । 

सुआहारा कार्यक्रमको स्वास्थ्य , पोषण र सरसफाई बारे चेतना मुलक कार्यक्रम सहित भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका रुकु क्षेत्री, गोल्जुङ स्वास्थ्य चौकीका ईन्चार्ज चन्द्रभुषण ठाकुर, स्थानीय हिमालयन ईङलिस स्कुलका शिक्षक , विद्यार्थी, स्थानीयवासीहरुको सहभागिता रहेको थियो । 

एकीकृत पोषण तथा सरसफाईलाई ध्यान दिदै पुररस्कार प्रदान गरिएको थियो सुआहारारा कार्यक्रम संयोजक मनोज मिश्रले बताए । 

२३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्पन्न

धुन्चे,रसुवा
अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै २३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस रसुवामा पनि मनाइएको छ । आत्मा साक्षी राखि मन वचन र कर्मले सहयोग गरौँ भन्ने मुल नाराका बिभिन्न कार्यक्रम गरी साथ मनाइएको हो ।

दिवसको अवसरमा केन्द्रीय नेपाल प्रहरी श्रीमती संघद्धारा रसुवामा अपाङगता भएका व्यक्तिहरुलाई  धुन्चेमा खाद्यान्न वितरण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघले सोना चामल ६ बोरा कालो दाल १० किलो, मुसुरोको दाल १० केजी, सनफ्लावर तेल २ काटुन, नुन २५ पाकेट, चाउचाउ ४ बाकस, बिस्कुट १ बाकस, चिनि १० केजी, घिउ ५ केजी, कम्बल २३ थान र ज्याकेट २३ थान वितरण गरिएको थियो ।

खाद्यान्न वितरण गर्दै नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष रोशी अर्यालले शारिरिक असक्षमता रहेका व्यक्तिहरुलाई सक्दो सहयोग गर्न आग्रह गर्नुभयो । संघका अध्यक्ष अर्यालले यस अघि पनि संघले देशभरका अपाङगता भएका व्याक्तिहरुलाई विभिन्न सहयोगहरु गर्दै आएको बताउँनुभयो ।

रसुवा जिल्लामा जिल्ला सिविआर कार्यक्रमको तथ्याङ अनुसार १ हजार १ सय २६ जना अपाङता व्याक्तिहरु रहेका छन् । जिल्लामा अपाङता भएका व्याक्तिहरुको थप हुने क्रम पनि जारी रहेको छ । महिला तथा बालबालिका कार्यलय रसुवाले जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र बितरण गर्दै आएको छ । रसुवामा हालसम्म कुल १ हजार ६२ जनाले अपाङता परिचय पत्र लिएको तथ्यांक छ ।  

बिशेष अपाङ्गता भएकाको लागि रातो कार्ड लिएका अपाङग व्यक्तिहरुले सामाजिक सुरक्षा अनुसार मासिक १ हजार राज्यले भत्ता दिने गरेको छ । रातो कार्ड लिएका व्याक्तिहरुले अन्य सेवा सुविधा नपाउने महिला विकास अधिकृत अन्जु ढुङगानाले बताउनुभयो । सुरुदेखि हालसम्म २ सय २६ जनाले क बर्गको रातो अपाङगता लिएका छन् । त्यस्तै १ सय ५९ जनाले ख बर्गको निलो, १ सय ९९ ग वर्गकाले पहेलो १ सय ६१ जनाले घ बर्गको सेतो र बर्ग नखुलेको ३ सय ५ जना गरी १ हजार ६२ जनालाई अपाङता परिचय पत्र वितरण गरिएको पनि महिला विकास अधिकृत अन्जु ढुङगानाले बताउँनुभयो ।

यस्तै गरी निमित्त प्रमुख जिल्ला अधिकारि गौतम रिमालले सबै ठाउमा अपाङगमैत्री बातावरण सिर्जना गर्न पहल गर्न सके मात्र अपाङग दिवसको सार्थकता हुने बताउँनुभयो ।

रसुवाका प्रहरी नायव उपरीक्षक प्रविण पोखरेलले शारिरिक रुपमा असक्षम व्यक्तिहरुका लागि लिएको शुन्य शहनशिलताको नीति जिल्ला प्रहरी कार्यालय रसुवाले अङगिकार गरेको गरेको बताउनुभयो । उहाँले असक्षम भएका अपाङ व्यक्तिहरुमाथि हुने हिंसा माथि कारबाही र अनुसन्धान गर्ने प्रतिबद्धता जनाउँनुभएको छ ।

अपाङ्गता जहिले पनि जो सुकै ब्यक्ति हुन सक्ने भएकोले सवैले अपाङ्गता भएकाहरुका लागि भेदभाव र हेयको दृष्टिले हेर्न नहुने तथा उनीहरुसँग भिन्न् क्षमता भएकोले प्रोत्साहनको खाँचो रहेको बिभिन्न सरोकारवालाहरुले बताए ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुल जनसङ्ख्याको करिब २ प्रतिशत व्यक्ति अपाङ्गता भएका छन् भने विश्वका करिब १५ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको अध्ययनहरुले देखाएको छ । सन् १९९२ मा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ३ मा अपाङ्गता भएकाहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा गरेअनुसार नेपालमा पनि यो दिवस मनाउने गरिन्छ ।
रसुवामा बिभिन्न कार्यक्रमका साथ अपाङ्गता भएका बालबालिकाहरुलाई बाल अपाङ्ग पुर्नस्थापना केन्द्र खोलेर कालिकास्थानमा ब्यवस्थित गरिएको रसुवा अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष विष्णु आचार्यले बताए । अपाङ्गता भएकाहरुला लागि बिभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएको छ । मानशिक रुपमा अपाता भएका तथा त्यससम्बन्धि समस्या भएकाहरुका लागि मानशिक स्वास्थ्य परामर्श केन्द्र नेपालले जिल्ला स्वास्यथ् कार्यालयसँगको समन्वयमा सघाउ पुर्याउँदै आएको छ ।


Sunday, November 30, 2014

रसुवा डिजिटल प्रोफाइलको शुभारम्भ



“एक्काइसौ शताब्दि इन्टरनेटको युग, प्रविधि प्रयोगको पालो : अत्याधुनिक अनलाइन मार्फत् सूचना प्रवाहमा युवाको हातेमालो” भन्ने नाराको साथ आज रसुवा डिजिटल प्रोफाइलको शुभारम्भ गरिएको छ ।

जनसंख्या तथा सूचना व्यवस्थापन सिस्टमको बारेमा सरोकारवालाहरूसँग छलफल गरि मूर्त रूप दिँदै रसुवाको सबै गाविसमा लागू गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

सामाजिक सेवा समाज र डिजिटल टेक्नोलोजीले जिल्ला विकास समिति, स्थानीय युवा साझेदारी कार्यक्रमको आर्थिक सहयोगमा तयार गरिएको अत्याधुनिक अनलाइन प्रविधिको विकास गरेको हो । कार्यक्रममा उक्त सिस्टम प्रयोगमा आएपछि सूचना व्यवस्थापन तथा सूचनाको हक प्रदान गर्न पु¥याउने योगदानको विषयमा चर्चा गरिएको थियो ।

जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी भिमकान्त पौडेलले अबको युगमा अनलाइनको प्रभावकारिता बढ्दै गएकोले सूचना संप्रेषण तथा प्रयोगमा डिजिटल प्रोफाइलले प्राथमिकता पाउने बताउनु भयो । जिल्ला विकास समितिले उक्त अभियानलाई सक्दो सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

सामाजिक सेवा समाज तथा डिजिटल टेक्नोलोजीका प्रेमप्रसाद पौडेलले जनसंख्या तथा सूचना व्यवस्थापन सिस्टमको बारेमा प्रस्तुतीकरण गर्दै जिल्लाका सम्पूर्ण सूचना एकै ठाउँबाट प्राप्त गर्ने व्यवस्थाका लागि सबैले सहयोग गर्नु पर्ने बताउनुभयो ।

जिल्लाका सबै सरकारी कार्यालय, विद्यालय, गाविस, गैरसरकारी संस्थाका गतिविधि, सूचना तथा आर्थिक कारोवार लगायत योजना र वजेट सम्बन्धी सुचना व्यस्थित गर्न तथा अनलाइनको माध्यमबाट आधुनिक तथा व्यवस्थित डाटा सेन्टरका लागि सहयोग पु¥याउने बताउनुभयो ।

उहाँले डाँडागाँउ गाविसको तथ्याङ्क व्यवस्थापन गर्ने सिस्टम तयार भएको र प्रयोग पश्चात वार्षिक रुपमा प्रकाशन हुने गाविसको वस्तुगत प्रोफाइल तयका लागि समेत सहयोग पु¥याउने जानकारी दिनुभयो ।

गाविसको सम्पूर्ण सुचना व्यवस्थापन गर्ने अनलाइन सिस्टम तयार गरि जिल्लाको तथ्याङ्क व्यवस्थापन गर्ने लक्ष्य अनुरूप हाल यो कार्यक्रम नमूना परीक्षणका लागि डाँडागाउँ गाविसको तथ्याङ्क राख्ने कार्य भैरहेको छ ।

यो सिस्टम तयार भएमा रसुवाका जनताले प्रत्यक्ष रुपमा लाभ प्राप्त गर्न सक्नेछन भने देश विदेशका अनलाइन प्रयोग प्रयोगकर्ताहरू, सरकारी तथा गैरसरकारी कार्यलयका सूचना प्रयोग गर्नेहरू, सञ्चारकर्मी, अध्ययन तथा शोधकर्ताहरू प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

डिजिटल प्रोफाइलको प्रभावकारिता, उपयोगिता र दिगो सञ्चालनको लागि सामाजिक सेवा समाजका अध्यक्ष रामहरि देवकोटा, गाविस हकहित संरक्षण मञ्चका अध्यक्ष टिकमबहादुर शाही, लाङटाङ राष्ट्रिय निकुञ्जका बेदकुमार ढकाल, जिल्ला विकास समितिका सूचना अधिकृत लीला नेपाल, नेपाली काङ्ग्रेसका प्रतिनिधि लामारेञ्जेन घले, पत्रकार बलराम घिमिरे, जिल्ला बाल कल्याण समितिका भगवती पौडेल, घरेलु तथा साना उद्योग विकास समितिका नवराज दाहाल, डाँडागाउँ गाविस सचिव रामप्रसाद बडालले आफ्नो मन्तव्य राख्नु भएको थियो भने समाजका उपाध्यक्ष दुर्गा देवकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
डाँडागाउँ गाविसको उक्त प्रोफाइल डब्लुडब्लुडब्लु डट् रसुवा प्रोफाइल डट् कम् स्ल्यास भिडिसी स्ल्यास डाँडागाउँमा हेर्न सकिने बताइएको छ । सिस्टमको निर्माण तथा व्यवस्थापन आरटेक नेपाल र आरकिटेक आर एण्ड डी ले संयूक्त गरेका हुन् । 


http://rasuwaprofile.com/vdc/dandagaon

सदरमुकामको सभाहलको मुहार फेरिदै

धुन्चृ, रसुवा
जिल्ला सदरमुकाम धुन्चेमा रहेको जिल्ला विकास समितिको सभाहल मर्मत गरी मुहार फरिने भएको छ । आवश्यक मर्मत सम्भार गरी पुरानो शैलीमा निर्मित उक्त भवन मर्मत गर्न आवश्यक देखिएकोले फागुनमा नै मुहार फेरिने भएको हा ।  

अव्यवस्थित र जीर्ण रहेको उक्त हल सभासदद्वय जनार्दन ढकाल र छोवाङतेन्जिन तामाङ, प्रमुख जिल्ला अधिकारी उद्दवप्रसाद भट्टराई, स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुर, जिल्ला इञ्जिनियर मदन श्रेष्ठको सकृयतामा व्यवस्थित र सुविधा सम्पन्न सभाहल बन्न लागेको बताइएको छ । फागुन समान्तभित्रै सम्पन्न हुने गरी मर्मतको कार्य अगाडि बढाइएको बताइएको छ ।

त्यस्तैगरि धुन्चे बजारको व्यवस्थापनका लागि पिच सुधार गरी रोड मार्किङ, सडकका दायाँबाँया राखिएका बस्तुहरू व्यवस्थापन, फोहर व्यवस्थापन तथा धुन्चे गाउँ प्रवेश गर्ने र सडकबाट जिल्ला प्रशासन कार्यालय जाने बाटो व्यवस्थित निर्माण गर्ने कार्य पनि सुरु हुने बताइएको छ । यस अघि धुन्चे बजार सडक बरीपरि निर्माण सामाग्री तथा बिभिन्न किसिमका सामानहरु थुपारिएकोले सदरमुकामको सुन्दरता बिग्रिएको गुनासो आएको थियो । 

सभाहल तथा बजारको अनुगमन गरी निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्ने सभासदद्वयले  प्रतिबद्धता जनाएका छन् भने प्रहरी निरीक्षक प्रवीण पोखरेलले धुन्चे बजारको व्यवस्थापनका लागि सुरक्षाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
त्यस्तै कालिकास्थानमा पनि सभाहल बनाउन जग्गाको प्रबन्ध मिलाइएको बताइएको छ  ।


भालुको आक्रमणबाट एक घाईते



धुन्चे, रसुवा
रसुवाको डाडागाउँ स्थित झयाङताले  भन्ने स्थानमा भालुको आक्रमणबाट एकजना गम्भीर घाईते भएका छन । 

डाडाँगाउँ गाविस वडा नं. ७ मा दाउरा खोज्न गएका वडा नं. ६ निवासी बर्ष ४५ का पोकबहादुर तामाङलाई हिजो भालुले आक्रमण गरी घाइते पारेको छ । 

डाडागाउ गाविसको वडा नं. ६ मा रहेको विद्यालयका शिक्षक समेत रहनु भएका तामाङको टाउको हात र मुखमा चोट लागेको बताइएको छ । गम्भीर घाइते तामाङको अहिले काठमाण्डौमा उपचार भइरहेको परिवाजनले बताएका छन् । 

सेवा नपाएपछि राम्चे गाविस कार्यालयमा ताला बन्द

राम्चे, रसुवा

नागरिकले पाउनु पर्ने अत्यावश्यक सेवा नपाएको भन्दै शुक्रबारदेखि राम्चे गाविस भवनमा स्थानीयवासीले  ताला बन्द गरेका छन् । 

राम्चे गाविस लामो समयदेखि बन्द रहेकोले गाविसले प्रदान गर्ने न्युनतम नागरिक अधिकार पनि  नपाएको भन्दै स्थानीयले गाविस भवनमा ताला लगाएका हुन् ।  

गाविस सचिव पूर्ण भण्डारीलाई टाढाको अर्को गाविस पनि जिम्मामा परेको भन्दै सदरमुकाम बस्ने , गाविस सहायक ठाकुर प्रसाद अधिकारी पनि नबस्नाले सेवाग्राही मर्कामा परेको भन्दै स्थानीयले ताला बन्द गरिदिएको स्थानीय फुर्पा तामाङले बताए । गाविसमा एक महिनादेखि कुनै काम भएन सचिव तथा सहायक आएर सेवा नदिएको भन्दै भन्द गरेको हो उनले ‘सचिव सदरमुकाम नछाड्ने सहायक कर्मचारी कहिले राजनीतिगर्न त कहिले होटल ब्यावसायमा लाग्छन् । ’ सहायक ठाकुर अधिकारी फोन सधै स्वीज अफ हुन्छ ? जरुरी सिफारिस लिन ब्यक्तिगत घटना दर्ता जस्ता दैनिक काममा बाधा परेको छ तामाङले भने लोकतन्त्रमा पनि आधारभूत अधिकारबाट बञ्चित हुनु प¥यो ।  

गाविस सचिव भण्डारी अहिले जिल्लामा सचिव सरुवा भएकोले लाङटाङ, ठूलोगाउँ, सरमलथी जस्ता टाढाको गाविस पनि हर्नु परेको भन्दै सदरमुकाममा डेरा लिएर बस्दै आएका छन् । गाविस सहायक अधिकारी कालिकास्थानमा होटल ब्यावसाय गरिरहेका छन् भने रसुवामा एनेकपा माओवादी भट्टराई पक्षिय समानान्तर कमिटीमा रहेर राजनीतिमा पनि सक्रिय भएको गाउँलेको आरोप छ ‘ गाविसमा रहेर जनताको सेवा गने नाममा तलब भत्ता खाने तर एक दिन पनि सेवा नदिने यो कस्तो नियती हो स्थानीयले प्रश्न गरे ? ताला बन्दको गाविसवासीहरू स्थानीय राजनीतिक दलहरूलेको बन्दको सर्मथन गरेका छन् । गाविस सहायक अधिकारीले भने बिहिबार नै आफु गएको तर तालाबन्द बनरे जानकारी नभएको बताए । 

Saturday, November 22, 2014

जिल्लामा आपतकालिन बाल उद्दार गृह सन्चालन गर्न जोड्


धुन्चे, रसुवा / ब्यापार केन्द्रहरूमा बाल श्रम शोषण हुन नहुने तथा रसुवामा बालगृह सञ्चालन हुनु पर्ने बिभिन्न सरोकारवालाहरूले बताएका छन् । जिल्ला बालकल्याण समितिले आयोजना गरेको रसुवा जिल्लामा रहेका अवस्था बारे सरोकारवाला निकायहरूसँग धुन्चेमा गरिएको अन्तरक्रियामा सहभागिहरूले सो कुरामा जोड दिइएको हो ।





केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लिराम गिरीले बालबालिकाको काम कर्तव्य र अधिकार कानुनले स्पष्ट गरेको बताउदै गाविसको नाममा दिएको रकम दुरुपयोग भइरहेको बताए । उनले बालबालिकाको क्षमता अभिवृद्धिको लागि छुट्टाइएको बजेट स्थानीय निकायले सम्बन्धित क्षेत्रमा नै खर्च गर्न निर्देशन दिए । सरोकारवालाहरुले आपतकालिन बाल उद्दार गृहको संचालनमा ल्याउनुपर्नेमा जोड् दिएका हुन ।






बालबालिकाहरूलाई चाइनाको डान्सबारमा नचाउने, बालबालिकाको किड्नी बेच्ने लगायतका कार्य भइरहेको बताउँदै होटल गाडीहरूमा बालमजदुर राख्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने समेत उनले जोड्दिनुभयो ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले सोतको प्रयोग, स्रोतको उपयोग र स्रोतको सदुपयोगको प्रयोग गर्नुपर्ने बताए । खुल्ला हृदयले बालबालिकाको हकहितका लागि कार्य गर्नुपर्ने बताए । यस्तै, रसुवाका प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद भट्टराइले बिभिन्न निकायहरूले छुट्टाउने १० प्रतिशत रकम विनियोजन गर्ने जानकारीहरू नआइरहेको बताउनुभयो ।



आगामि दिहरूमा बालकल्याण समितिबाट गर्नुपर्ने कामहरूलाई अझ प्रभाबकारी रुपले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला बालकल्याण समिति रसुवाका बाल अधिकार अधिकृत भगवती पौडेलले गाविस सचिवहरूलाई बालबालिकाको तथ्याङ सङ्कलन गर्न दिए पनि अहिलेसम्म नगरेको आरोप लगाए । यस्तै रसुवाका प्रहरी प्रमुख प्रबिण पोखरेलले हरेक क्षेत्रमा रहेका बालमजदुर हटाउन आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । उनले बिभिन्न अनलाइन मिडियाहरूमा अश्लील भिडियो राख्ने काम भइरहेकाले यस्तो काम कसैले पनि गर्न नहुने बताए ।





जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटाले एसएलसीको नजिता हरेका बर्ष खस्कदै गएको बताउदै जिल्लामा शिक्षकको दरबन्दी कम रहेको र गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि शिक्षकको अभाब रहेको बताए । इन्सेकका प्रतिनिधि हेमनाथ खतिवडाले ग्रामीण तहमा बाल बिबाह , बाल श्रम शोषण जस्ता घटनाबाट बालबालिकाहरू पीडित भएको तर न्याय माग्न राज्यको सुरक्षा निकायसम्म आउन नसकेको बताए ।





कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजार नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, निमित्त स्थानीय विकास अधिकारी, धुन्चे गाविसका सचिब हकहित संरक्षण मञ्चका टिकमबहादुर शाही लगायतले जिल्लामा आपतकालिन बाल उद्दार गृहको संचालनमा ल्याउनुपर्नेमा जोड् दिए । कार्यक्रममा मानवअधिकारकर्मी, पत्रकार, नागरिक समाजको सहभागिता रहेको थियो ।

ज्योति साहित्यिक पत्रिका बिमोचन


धुन्चे, रसुवा / नेपाल विद्युतकर्मी साहित्यिक समाजद्वारा प्रकाशित ज्योति साहित्यिक त्रैमासिक पत्रिकाको एक कार्यक्रमका बीच धुन्चेमा  लोकार्पण भयो । 

झ्यालबाट लाङटाङ हिमालले चिहाउँदै थियो । हलमा साहित्यकार कौशल भट्टराईले सपना सुनाउनुभयो । आफनो कवितामा उहाँले देश बिग्रिएको र सिर्जनामार्फत सुन्दर देशको परिकल्पनाको सपना कविता बाचन गर्नुभयो । सर्जकहरुको जमघटले धुन्चेको माहोल तात्दै थियो । सर्जकहरुले विद्युतकर्मीहरुले विजुलीको ज्योतिसँगै ज्ञानको ज्योति स्वरुप ज्याति पत्रिकाको सुरुवात भएको बताउनुभएको थियो । 

अर्का सष्टाले मुकुन्द शिवाकोटीले शार्दुलबिक्रीडित छन्द छन्दमा निकै रोचक कविता बाचन गर्नुभयो । राजधानी तर्फबाट आएका एक दर्जन  बढि र जिल्लाका सर्जकका आफ्ना सिर्जनाले बाहिरको बाताबरण चिसो भएपनि धुन्चेको जिविस सभाहलको माहोल निकै तातेको थियो । 



स्रोता दर्शकहरुको ताली गड्किरहेको थियो । बिरलै मात्रामा हुने साहित्यिक कार्यक्रम मध्ये रसुवामा भएको यस कार्यक्रमले रसुवा रहेर साहित्य सिर्जनामा लाग्नेहरुमा उत्हास थप्ने र सिर्जनामा उर्वर भुमि रसुवाबाट पनि लेखन क्षेत्रको विकास हुने स्थानीय सर्जकहरुले अपेक्षा गरेका छन् ।

कार्यक्रममा पत्रिकाको २४ औं अंक बिमोचन गर्दै साहित्यिक पत्रिकाहरु र साहित्यि सिर्जनामा लाग्नेहरुको प्रेरणा हुनु आवश्य रहेको प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद भट्टराईले बताउँनुभयो ।

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मातृका पोखरेलले सुधारसागर पत्रिका सुरु भएको १ सय २५ वर्ष पुगेको र साहित्यिक पत्रिकाहरु खस्कँदै गएको बताउँदै नेपालमा पत्रकारिताको जग नै साहित्यिक पत्रिकाबाट सुरु भएको बताउँनुभयो । कार्यक्रम चिलिमे, साङजेन रसुवागढी जलविद्युत आयोजनाका कर्मचारी पत्रकार, नागरिक समाज , स्थानीयवासी सहभागि थिए । 

नेपाल बिद्युत प्राधिकरणमा कार्यरत साहित्य सिर्जनामा लाग्नेहरुको संस्था विद्युतकर्मी साहित्यिक समाजद्धारा प्रकाशित पत्रिका बिभिन्न जिल्लमा गएर बिमोचन गर्ने क्रममा रसुवा यस पटकको रोजाईमा परेको समाजका अध्यक्ष पुण्य घिमिरेले बताउनुभयो । 

बिशेष अतिथि अन्तबोध साहित्यक पत्रिकमाका सम्पादक होमशंकर बास्तोला, रामेश्वर राउत‘मातृदाश’ , गोकर्ण नेपाल, कौशल भट्टराइ, नबराज दाहाल, प्रकाश आचार्य, रमेश गुप्ता, यादवराज घले, धु्रबराज न्यौपाने, बाबुराम श्रेष्ठ, सरस्वती न्यौपाने, दिपक दाहाल, मुकुन्द शिवाकोटी,चुडामणि दाहाल, तेजेन्द्र रावल, रामप्रसाद घिमिरे, बलराम रिमाल, गोविन्द घिमिरे, कृष्णदेव रिमाललगायतका स्रष्टाहरुले कविता, गजल, मुक्तक लगायतका आफ्ना सिर्जना बाचन गनुभएको थियो । 

Thursday, February 20, 2014

पारसको मुरलीको बिछट्टको धुन

खगेन्द्र संग्रौला

केही साताअघि राजधानीको चाबेलमा चन्द्रविनायक-भैरवनाथ जात्राको धुमधाम थियो । चाबेल भेगमा उमङ्ग थियो, रौनक थियो र गति थियो । रैथाने बाजागाजा, खटयात्रा, धुनी जगाइ र भोजमा चाबेल मस्त भयो । जात्राका कर्ताहरूले यसलाई संस्कृतिको जगेर्ना, पितृहरूको सम्झना, अनिष्टहरूको विनाश र समुदायको भावनात्मक ऐक्य भन्ने सङ्ज्ञा दिएका थिए । तर जात्राको बीचमा एउटा अनर्थ भयो । 'युवराजाधिराज' भनेर पारस शाहलाई निम्त्याइयो र गणतन्त्रको खिल्ली उडाइयो । राजसी शैलीमा रातो कार्पेटमा पारसको सवारी चलाइयो र चाबेलको शिर निहुराइयो । यसबारे यसै दैनिकमा मैले एउटा सानो टिप्पणी लेखेँ । मेरो भन्नु थियो- तन्नेरी कुममाथि बूढा टाउका भएका जीवात्हरूले लज्जास्पद दासता प्रदर्शन गरे । र तिनले स्वतन्त्रता र स्वाभिमानप्रेमी चाबेलको अनुहारमा कलङ्क लगाए । लेख पढेर केही युवा मकहाँ आए । तिनले गुनासो गरे- हामी पत्रु पारसपथका पथिक किमार्थ होइनौँ । हामी त जात्राको मूल समितिका पो हौँ । पारसको पूजाअर्चना गरेको चारुमती युवा परिवारले हो । रैथाने युवाहरूको चित्त दुखेको देखेर मेरो पनि चित्त दुख्यो । लेखमा मैले सिङ्गै चाबेललाई पारसमार्गी भनेको थिइन । तर त्यस्तो बुझिएछ । नखाएको विष लाग्दैन । कालो खानेले पो कालो हग्छ, नखानेले किन हग्छ ? चाबेलका बेकसुर युवाहरूले त्रुटि सच्याइपाऊँ भनी मसँग आग्रह गरे । र मैले तीसँग सविनय माफी मागेँ । पारस शाहका चरणमा शिर राखेर निजी लाभ र मोक्षको याचना गर्ने वृद्ध युवाहरू चाबेलमा कति नै पो होलान् र !

तिनै पारस शाह अहिले चर्चाको शिखरमा छन् । यो चर्चामा बन्दुके पारस नायकको स्थानमा छन् । र पारसलाई कार्बाइ गरौँ भन्ने सत्ताधिकारीहरू खलनायकको स्थानमा छन् । लाग्छ, ती कान समातेर निहुरिँदै भनिरहेका छन्- पारसलाई फेरि पनि कार्बाइ नगरौँ । सिंहले चुपचाप सिकार गर्छ, स्यालले केवल हुइयाँ मच्चाउँछ । पारस चरितचर्चाले मलाई जर्ज ओर्वेलको सम्झना गरायो । एनिमल फार्ममा कठोर कटाक्षको भाकामा ओर्वेलले भनेका छन्- कानुनको दृष्टिमा सबै समान छन्, तर कोही-कोही अलि बढी नै समान छन् । तिनको कटाक्ष सोभियत समाजवादको नोकरशाहीतन्त्रका निरङ्कुश अधिपतिहरूतर्फ लक्ष्यित थियो । सत्चालीसको शाही संसदीय संविधानमा पनि कानुनको दृष्टिमा सबै समान छन् भन्ने रकमी सूत्र अङ्कति थियो । तर हरफको बीचमा कोही-कोही अलि बढी नै समान छन् भन्ने अर्थ सुटुक्क लुकाइएको थियो । त्यो 'बढी'मा शाही परिवारका पारसहरू पर्थे । पारसले कलाकार प्रवीण गुरुङको वध गरे । बागी युवा रवीन्द्र अधिकारीको नायकत्वमा विरोधको आगो बल्यो । कार्बाइको माग गर्दै करिबन पाँच लाख हस्ताक्षर बटुलिए । हस्ताक्षरको चाङ प्रधानमन्त्री गिरिजाबाबुलाई बुझाइयो । तर कार्बाइ भएन । बरु उल्टै एकजना लाटा भुजेलको भेषमा अपराधी खडा गर्ने प्रपञ्च रचियो । र वास्तविक अपराधीलाई गहुँत छर्केर चोख्याइयो ।

त्यो एक दिग्भ्रमित युवकको आपराधिक मनोविज्ञानलाई मलजल गर्ने आपराधिक कृत्य थियो । त्यो मलजलले अपराधको शृङखलालाई जन्म दियो । चितवन, टाइगर टप्सको गोलीकाण्ड त्यही शृङखलाको पछिल्लो कडी हो । अपराधको कर्ताभन्दा अपराधको प्रणेता र रक्षक ज्यास्ती दोषी हो । यहाँनेर पारसीय सनातनी पराक्रमले मलाई फेरि पनि जर्ज ओर्वेलको याद दिलायो । कानुनको दृष्टिमा सबै पीडित बराबर छन्, तर कोही-कोही पीडित अलि बढी नै बराबर छन् । ताजा उदाहरण रुबेल चौधरी हुन् । पारसको निसाना कुनै निमुखो नेपाली हुँदो हो त त्यो चर्चालायक समाचार बन्ने नै थिएन । सञ्चारको विरलै आँखा पर्ने कुनै महत्त्वहीन कुनामा त्यो समाचार राखिन्थ्यो । र आजको भोलि नै त्यो विस्मृतिको गर्तमा विलिन

हुन्थ्यो । तर रुबेल चौधरी परे सुजाताका सहोदर ज्वाइँ । सुजाता कोइराला वंशकी गिरिजापुत्री त हुँदैहुन्, ढङ्ग थोरै र दम्भ धेरै भएकी पराराष्ट्रमन्त्री पनि हुन् । जब सुजाताका अबोध र निर्दोष ज्वाइँ पारसको गोलीको प्रतीकात्मक निसाना बने, त्यो भयङ्कर समाचार बन्यो । ढ्याके दैनिकहरू पारस विशेषाङ्कतुल्य भए । र सत्तासीनहरू यत्रतत्र गर्जिए- पारसलाई न्यायको कठघरामा उभ्याऊ !

कुण्ठित तृष्णा तृप्त गरिदिन काङ्ग्रेसले कृपा गरी बनाएका माधव नेपाल प्रधानमन्त्री छन् । माधव फगत निमित्त नायक हुन् । यसको अर्थ यो काङ्ग्रेसी माधव सरकार हो । एमालेका भीम रावल गृहमन्त्री छन् । ती पनि काङ्ग्रेसी कृपाकै भाग्यमानी उपभोक्ता हुन् । सत्ता गठबन्धनको बागडोर लाटलुट्टै काङ्ग्रेसकै हातमा छ । तैपनि सुशीलदाहरू अरण्य रोदन गर्दै भन्दाछन्- पारसलाई पक्राउ गर । निजलाई कार्बाइ गर । सत्ताको अधिपति आफू हुनु र रुन्चे स्वरमा कुनै अविदित र अगोचर शक्तिलाई गुहार्नु- योभन्दा हास्यास्पद विडम्बना अरू के हुनसक्छ ?

पारसीय पराक्रम प्रत्यक्ष देख्ने थुप्रै आँखा टाइगर टप्समा जीवित छन् । फुर्तिला पारसले बडो इमानसाथ लिखित साविती बयान सञ्चारमा बुझाइसकेका पनि छन् । बयानमा तिनले शानले भनेका छन्- मैले गोली ठोकेकै हुँ । पीडित रुबेल चौधरी मृत्युको भयले अर्धविक्षिप्त मुद्रामा कामिरहेका छन् । तैपनि मानौँ झल्झलाकार घाम लागिरहेको मध्यदिनमा राँको बालेर धूलोको थुप्रोमा सियो खोजेझैँ गरी सवुतको खोजी गरिँदैछ । लाग्छ, यो कार्बाइ गर्ने रट लगाउँदै आलटाल गर्ने र केही नगर्ने पुरानै कायर कथाको झुत्रो संस्करण हो । सके सम्भ्रान्त कुलिनहरूका आक्रामक दृष्टिका डरले कामचलाउ प्रधानमन्त्री र गृहमन्त्री पारसलाई सुटुक्क सिङ्गापुरतर्फको सहज निकास देलान् । कार्बाइको शुभसाइतको प्रतीक्षा गरेजस्तो पनि देखिने र सम्भ्रान्त कुलिनहरूको कृपापात्र पनि भइरहने बडो काइदाको जुक्ति हो यो ।

बन्दुक पारसका लागि मुरलीतुल्य हो र तिनका कानमा बन्दुक पड्किँदाको आवाज मुरलीको मीठो धुन हो । टाइगर टप्समा तिनले एक राउन्ड धुन बजाए । जसले जे जानेको छ र जसलाई जे मनपर्छ, उसले गर्ने त्यही त हो । पारसले गरे । यसमा मूल दोष उनको छैन । मूल दोष त पिता ज्ञानेन्द्र र पुत्र पारसलाई नागरिकमा फेरिन नदिनेहरूको पो । सिङ्गासनच्युत भएका अति गरिब ज्ञानेन्द्र शाहलाई दानवीर लाठे दलहरूले नागार्जुन दरबारमा राजसी बास मिलाइदिए । त्यो पनि समयसीमा नै नतोकिकन । तिनलाई झन्डै राष्ट्रपतिसरह सुरक्षाबल पनि कृपा गरे । तिनको यत्रतत्रको सवारीमा राजसी तामझाम र ठाँठबाँटको सनातनी बन्दोबस्त पनि कायमै राखे । यसरी ज्ञानेन्द्रको तामसी चित्तमा म राजै हुँ भन्ने भ्रम रहिरह्यो । र निजका पुत्र पारसलाई म युवराजाधिराजै हुँ भन्ने लागिरह्यो । यी पिता-पुत्र गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको बालहत्या गर्न खुलेआम कटिबद्ध छन् । तैपनि यिनलाई राजसी सुरक्षा र सुविधा प्राप्त भएकै छ । यिनलाई यी कुरा दिनेहरू को हुन् र अहिले पारसले मुरली बजाउँदा रुनेहरू को हुन् ? पारसलाई घातक मुरली बोक्न छुट दिनु र तिनले मुरली बजाउँदा कोकोहोलो मच्चाउनु कति असङ्गत व्यवहार हो ? सर्पलाई दूध खुवाएर पालेपछि त्यसले पालकलाई म्वाइ खाँदैन, डस्छ । डस्नु सर्पको दोष होइन, त्यो त उसको निजत्वयुक्त विशेषता पो हो । तर डसिनुचाहिँ पालकको मूर्खताको अनिवार्य फल हो ।

कानुनका निष्प्राण अक्षरहरूलाई ब्रह्मसत्य मान्ने एकथरी कानुन्चीहरू पारसको मुरलीको कानुनी हैसियत थाहा पाउन आतुर छन् । के पारसको मुरली वैध हो ? यो तिनको दुर्दम जिज्ञासा हो । यी विधिविज्ञ मनिषीहरूलाई सोध्न मनलाग्छ- के पारसको मुरली वैध हो भने निहत्था र निर्दोष रुबेल चौधरीमाथि त्यो मुरलीको धुनको वषर्ा गर्नु वैध हो ?

अकिञ्चन नागरिकहरू सोध्छन्- के मुरलीधर पारस पक्राउ पर्लान् ? उत्तर निराकार छ । ससाना कसुरदारहरूलाई हत्कडी लगाएर काँचका पर्दामा देखाउनु प्रहरी संस्कृतिको फेसनजस्तो भएको छ । ससाना मानिसहरू सोध्छन्- महान मुरलीबाज पारसलाई पनि त्यसरी नै देखाइएला ? उत्तर शून्य छ । सम्भ्रान्त कुलिनहरूका पावन चरण स्पर्श नगरी अस्तित्वबोधै नगर्ने नैतिकशक्तिविहीन राजनीतिक पात्रहरूबाट यति ठूलो आशा कसरी गर्नु ?
कान्तिपुरबाट

Wednesday, June 26, 2013

चेतना मूलक नाटक सम्पन्न


धुन्चे, रसुवा


बढ्दो मानव तस्करी तथा बेचविखन न्यून गर्न रसुवाका गाउँ गाउँमा चेतना मूलक नाटक प्रदर्शन गरिएको छ ।

जिविसको युवा साँझेदारी कार्यक्रममार्फत उदयीमान सामाजिक विकास युवा समाजले यार्सा, सरमथली र राम्चेमा मानव तस्करी तथा बेचविखन बिरुद्ध सडक नाटक प्रस्तुत गरेको हो । उमेर नपुग्दै नागरिकता र राहदानी दिएर विदेश जाने तथा बिभिन्न प्रलोभनमा फसेर विदेशमा पीडित हुनु पर्ने हुनाले वैदेशिक रोजगारीमा जानु अघि मान्यता प्राप्त संस्थाबाट तालिम लिएर मात्र जानु पर्ने अन्यथा विदेशमा धेरै नेपालीहरूले पीडित हुनु परेको विषयमा चेतनामुलक नाटक प्रदर्शन गरिएको संस्थाका अनन्त न्यौपानेले बताए । राम्चेमा भएको कार्यक्रममा जिविसका कार्यक्रा अधिकृत कृष्ण विक, जिल्ला खेलकुद विकास समितिका कल्पना तामाङ, माईती नेपालका सहदेव तिवारी सहभागि थिए ।

Tuesday, June 25, 2013

रसुवाको गाउँमा जातिय छुवाछुत उस्तै

हेमनाथ खतिवडा
रसुवा
बिहानको सवेरै गाउँको चिया पसलमा सबै भेला हुन्छन् । नियमित जस्तै चिया समयमा गाउँका २ दर्जन जति मानिस गाउँको पसलमा चियाको चुस्कीसँगै राजनीतिक र अन्य विषयका गफ चलिरहेको थियो । पसलदेखि केही पर कपाल र दाह्ी सेतै फुलेको अन्दाजि ८० बर्षजतिका देखिने व्यक्ति फाटेको कमिज लगाएका छन् । यनी पनि चाख मानेर चिया गफ सुन्दै थिए । विहानीको चिया सबैले पिए ढल्कीन खोज्दै थियो , सबैका गिलास पसल्नी दिदिले धोईरहेकी थिईन् । तर ती बृद्धले भने गीलास आफै धोएर पसलदेखि केहि परको ढुङ्गामा घोप्ट्याए । जातिय छुवाछुत उन्मुलन भए पनि व्यवहारमा भने छैन रसुवाको गाउँमा यस्तो प्रचलन अझै पाईन्छ ।

लहरेपौवा गाविस — ९ का ६० वर्षीय धनबहादुर बिश्वकर्माको व्यवहारमा  सामान्य जस्तै बनिसकेको छ । मुलुकमा संघीय गणतन्त्र आएको छ, देख्दा देख्दै थुप्रै परिवर्तन भएपनि छुवाछुत र दलितमाथिको बिभेद अन्त हुन सकेको छैन बरू कथित माथिल्लो जातिका मानिसहरूबाट बमबहादुर बिश्वकर्मा जस्ता जस्ता थुप्रै दलितहरूको ‘डुम र कामी’शब्दले घृणा गरी उनीहरूको आत्मसम्मानमा चोट लगाईने क्रम जारी छ । गैर दलितले समान व्यवहार गरिदिए हुन्थ्यो जस्तो त मनमा छ तर बिष्टहरूसँग सम्बन्ध बिग्रयो भने कसरी बाँच्नु भन्ने डरले धरै कुरा सहेर बसेको उनले बताए ।

रसुवा जिल्लाका गाँउमा सार्वजनिक ठाउँमा माथिल्ला जाती भनीनेहरूले दलितमाथि छुवाछुतको भेदभाव गर्ने नयाँ कुरा होईन । भोर्ले गाविस — ८ का झक्कबहादुर दमाईले आफ्नो गाउँकै पसलमा चिया मागे चिया नै पाएनन् बरू त डुमलाई चिया दिने हो भनेर उल्टै गाली पाए । यस विषयमा झगडा नै भयो पछि गाउँमा सहमती भयो अबदेखि पसलेले चिया दिनुपर्नेे जातिय छुवाछुतको अन्त्य भैसकेकाले यस्तो बिभेद कसैले गर्न नहुँने भनेर तर उपल्लो जातका भनिनेहरूले सहजै चिया दिन थालेका छैनन् । दलितलाई गाई,भैसीको दुध दिनुहुन्न भन्ने मान्यता अझै कायमै छ । त्यसैले कुनै पसलेले त कालो चिया दिने गर्छन  गिलास भने आफै धुनु पर्छ स्थानीय जगमान दमाईले भने । हामीलाई दहि दुध दिएमा गाई भैसी बिरामी हुन्छ भन्ने गाउँमा अझै अन्धविश्वास व्याप्त छ जसले हामीलाई किनेर खानका लागि दहि दुध त के चिया र दुग्ध जन्य पदार्थ पनि दिईदैन  ।

स्थानीय चिया पसले भन्छन् एका तिर दलितसगँ बसेर गैरदलितले चिया पिउदैनन् त्यसैले दलितलाई चिया दिएमा पसलमा गैर दलित आउदैनन् र ब्यापार हँुदैन , अर्का तिर दुध हालेको चिया दलितलाई दिएमा गाई भैसी बिरामी हुन्छ भनेर गाउँका किसानले दुध बेच्न छाड्छन् त्यसैले दलितलाई चिया नदिन आफु बाध्य भएको उनले बताए । के गर्ने जातिय छुवाछुत उन्मुलन भैसकेको मुलुकका भनेर घोषणाले मात्र केही नहुँदो रहेछ ब्यबहारमा त्यसको कार्यन्वयन भएन भएको कसले हर्ने दलित सेवा संघका अध्यक्ष बिस्वास नपालीले बताए ? नेपालमा दलितमाथीको बिभेद र छुवाछुत प्रथाको अन्त्य भएको भनेपनि रसुवा जस्ता गाउँमा दलितमाथिको बिभेद र छुवाछुत ब्याप्त छ । फलामको काम गर्ने कामी र उनीहरूको कपडा सिलाउने दमाई जातीलाई उपल्लो जातका भन्नेहरूले यातना नै दिएका छन् यसरी सताउनु निन्दनिय कुरा हो । नेपाल उत्पिडित जातिय मुक्ति समाज रसुवाका अध्यक्ष भरत बिकले भने यस जिल्लामा परम्परागत जातिय बिभेद कायमै रहेको छ  यसको अन्त्य गर्न आमुल परिवर्तन हुन जरूरी छ ।

युवाहरूले त सार्वजनिक स्थानमा त्यस्तो बिभेद गर्दैनन् बुढापाकाले रसुवाका गाउँमा छोईछिटो हाल्ने प्रचलन अझै रहेको बताउछन् नेकपा एमालेका जिल्ला नेता भरत बिश्वकर्मा । उनी भन्छन् बाहुन क्षेत्रीका बस्तीमा यस्तो जातिय छुवाछुत रे भेदभाव ब्याप्त छ  । यसको अन्त्य गर्नका लागि जनचेतना अभिबृद्धि गर्न आवश्यक छ । उचित कानुन बनाउने र त्यसको प्रभावकारी कार्यन्यन हुन सकेमा मात्र सम्भव छ । निर्णायक तहमा दलितको पहुँच पुग्न नसकेर यस्तो भएको हो अव बन्ने संबिधानमा दलितको अधिकार रक्षाका लागि लाग्नुपर्छ नत्र दलितहरू सदाका लागि पछि पर्ने स्थानीय राजकुमार बिकले बताए अभियानका क्रममा गाँउ जादामा आफुले पनि यस्तो ब्यवहार खेप्नु परेको बताए । यसरी बिभिन्न बाहनामा यस्ता थुप्रै दलितहरूको आत्मा सम्मानमा चोट पु¥याउने हरूलाई राज्यले के कारबाही गर्छ यो प्रश्न अहिले गम्भीर रूपमा उठेको छ ।

जातिय भेदभावका कारण धैबुङ्ग गाविस —१ ईटपारे र लहरेपौवा — ९ को दलित बस्तीमा गैरदलितले एकै मुहानबाट खानेपानी नदिएकोले  खानेपानीका लागि घण्टौंसम्म टाढा धाँउछन्  । यहाँका दलितकहरूलाई अन्य समूदायले सामाजिक न्यायको दृष्टिले हेर्न जरुरी छ  । बिगतदेखि नै आफ्ना पुर्खाले एउटै मूहानका खानेपानीको प्रयोग गर्दै आएकोमा ०६४ पुसदेखि बिबाद निकालेर त्यहाँका बाहुन समूदायले खानेपानी नदिए पछि लहरेपौवा — ९ दलितबस्तीका जनता कथित उपल्लो जातकाले कपडा धोएर खेर गएको पानी पिउन बाध्य भएको समेत स्थानीय रामबहादुर बिश्वकर्माकले बताए । यस्ता जातिय छुवाछुत गर्नेलाई १ बर्ष कैद र३ हजार जरिमाना गर्ने कानुनी मान्यता भएपनि प्रभावकारी कानुनी कार्यन्वयन नभएर छुवाछुतको ब्यवहारमा उन्मुलन हुन नसकेको हो  । जसका कारण यहाँका हजारौं दलितहरूले यस्तो छुवाछुत र भेदभावकाृ शिकार बनिरहेका छन् । के संघीय गणतान्त्रिक नयाँ नेपालले यहाँका दलितहरूको मुहारमा पनि खुसी ल्याउन सक्ला त ? यी सबै व्यवहारले नयाँ नेपालको संकेत गरिरहेको छ की अरू नै केही  ? नेपाल छुवाछुतमुक्त देश घोषणा भइसकेको  र नेपालको अन्तरिम संविधान, २०६३  एवम् ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय ऐन) २०६८’ ले कसैमाथि पनि जातीय विभेद गर्न नपाइने र कसैले त्यसो गरेकोमा कैद सजाय समेत हुने कानुनी व्यवस्था छ । यति हुँदाहुँदै पनि समय–समयमा  दलित व्यक्ति र समुदायमाथि  हुने दुव्र्यवहार  र आक्रमण निन्दनीय पक्ष हुोइनन् र ?  

२०६३ मा नेपाल समाचार पत्र दैनिक तथा ईन्सेक अनलाईनमा प्रकाशित समाचार ।

रसुवामा आकस्मिक रक्त सञ्चार सेवा

धुन्चे, रसुवा


जिल्लामा पर्ने रगत अभाव कम गर्न रसुवा जिल्लामा पहिलो पल्ट आकस्मिक रक्त संचार सेवा सुरु भएको छ ।
रगतका समस्याका कारण यहाँ उपचार गर्न आउने विरामीलाई अन्यत्र रिफर गर्न नपरोस् भन्ने उद्धेश्यले रसुवा जिल्ला अस्पतालले आजदेखि “आकस्मिक रक्त सञ्चार सेवा” सुरु गरेको छ । उपचार गर्न आउने विरामीहरूले रगतको खाँचो पर्ने भएपछि उक्त सेवा सुरु गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा  रमेशकुमार खरेलले बताउनु भयो ।
अस्पतालको आफ्नै पहलमा सुरु गरिएको उक्त सेवामा प्रत्येक रगत समूह व्यक्ति पहिचान गरी आवश्यक पर्दा रक्त दानका लागि आग्रह गर्ने र प्रत्येक समूहका रगतहरू स्टक राखिने डा खरेलले जानकारी दिनुभयो ।
रक्तदानबाट प्राप्त रगत ३४ दिनभित्रमा प्रयोग गरिसक्नुपर्ने भएकोले जिल्लालाई स्टक राखी अन्य रगतहरू नुवाकोट तथा देशका अरु रक्त सञ्चार सेवा केन्द्रहरूमा पठाएर मुलुकभरको रगत अभावलाई परिपुर्तिमा सहयोग गर्न सकिने पनि कार्यक्रममा बताइएको छ ।
सो सेवा सञ्चालन गर्नको आवश्यक पूर्वाधार दक्ष डक्टरको व्यवस्थापन भईसकेको र आवश्यक  पर्ने रगत दिनको लागि सम्पूर्ण नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरूलाई अस्पतालले अनुरोध गरेको छ । यो सेवा सञ्चालन पछि रसुवा जिल्ला अस्पतालले छिट्टै नै अल्ट्रासाउण्ड र अपरेसनको सेवा पनि सञ्चालन गर्न लागिएको बताईएको छ ।
आकस्मिक रक्त सञ्चार सेवा उद्घाटन समारोहमा रगत के हो, किन दान गर्ने भन्ने विषयमा पनि जानकारी दिइएको थियो । आकस्मिक रक्त सञ्चार सेवा सञ्चालनको लागि डा खरेल तथा जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीलगायतले रक्तदान गरी कार्यक्रमको सुरुवात गरेका छन् ।


चौरी पालनतर्फ आकर्शित गर्न कृषकलाई सामाग्री वितरण

 हेमनाथ खतिवडा
धुन्चे , रसुवा
हिमाली जिल्ला रसुवाको लाङटाङमा चौरी पलक कृषकहरुलाई दुग्ध विकास संस्थानले वर्षादी, गम बुट, नुन र बाल्टिन वितरण गरेको छ ।
कृषकहरुलाई चौरी पालन तर्फ आकर्शित गर्न संस्थानले सामाग्री वितारण गरेको हो । पर्यटकीय क्षेत्रमा बढ्दो पर्यटक आगमनसँगै दुग्ध जन्य पदार्थको उत्पादन बढाउन तर्फ किसानहरुलाई दुध दुहुने बाल्टिन, गोठालोलाई वर्षादी तथा गम बुट र चौरीगाईलाई खुवाउन नुन वितरण गरिएको क्यान्जिङका चिज उत्पादन केन्द्र प्रमुख कग्याल्बो तामाङले बताउनुभयो । एक कार्यक्रमका बीच ९ सय किलो नुन, ३२ जनालाई एक एक थान बाल्टिन, गम बुट र वर्षादी बितरण भएको कृषक समुहका अध्यक्ष तेन्जेन लामाले बताए । सामाग्री बितरण तथा पेश्की रकमले चौरी पाल्न प्ररित गरेको छ उनले भने ।
दुग्ध जन्य उत्पादनको सम्भावन हुँदा पनि कृषकहरुले चारी पालनको अलवा अन्य पेशा रोजे पछि यहाँका कृषकहरुलाई चौरीपालन तर्फ आकर्शित गर्न वर्षभरी उत्पादन हुने दुधको रकम अग्रीम पेश्की दिएको पनि उहाँले बताउनुभयो । अहिले ३२ जना कृषकहरुले तीन सय वटा चौरी पालन गरिरहेका छन् । पेश्की दिन थालेपछि यस वर्ष ६ जना नयाँ कृषकले चौरी पालन सुरु गरेका छन् । यसवर्ष दैनिक ४ सय लिटर दुध कृषकले चिज केन्द्रमा बिक्रीका लागि ल्याउने गरेका छन् । गतवर्ष २ सय पचास लिटर मात्र दुध नियमित बिक्रीका लागि आउने गरेको चिज उत्पादन केन्द्रले जनाएको छ । स्वदेशी तथा विदेशी पर्यटकले यहाँ उत्पादत याक चिज र दहि निकै मन पराउने भएकोले दुग्धजन्य उत्पादन बढाउन आकर्शक कार्यक्रम ल्याउन आवश्य रहेको कृषकहरुको माग छ ।
अहिले प्रति लिटर ५० रुपैयाँसम्म पाएको र यसको मुल्य बृद्धि गरी ६० रुपैयाँ हुनु पर्ने र यस्ता कार्यक्रम निरन्तर हुनु पर्ने स्थानीय कृषकहरु बताउछन् ।


Sunday, March 24, 2013

ओझेलमा रसुवाका झरनाहरू





हेमनाथ खतिवडा
रसुवा ।
अमुल्य र अपार प्राकृतिक देनहरू मध्ये दृष्यावलोकन पर्यटनमा झरनाले महत्वपुर्ण स्थान ओगटेको हुन्छ । रसुवाको यात्रामा निस्कनु भएको छ भने मौसमी झरनाको दृयले तपाईका मन अवस्य पनि लोभ्याएको हुनु पर्छ । स्वदेशी विदेशी पर्यटक लोभ्याउने यस्ता झरनाको  संरक्षणमा चासो पुगेको छैन ।
रसुवामा गोसाँईकुण्ड,लाङटाङ र तामाङ सम्पदा मार्गमा पर्ने पर्यटकीय क्षेत्रमा देखिने झरनाहरू निकै छन् तर त्यहाँका झरनाहरू ओझेलमा परेका छन् । जलवायु परिवर्तन तथा विकासका पुर्वाधार निर्माणका कारण हुने वातावरणीय प्रभाव, वन बिनासले यहाँका झरनाहरू मासिन खतरा पनि बढेको छ । यहाँ भैरहेका जलाधारहरू सुक्नथालेपछि अव खोलानाला मुहानबाट बग्ने पानी घटेको छ । प्रकृतिको संरक्षण नगरे यस्ता झरनाहरू सुक्ने खतर बढेको डाडाँगाउँका स्थानीय समाजसेवी विनोद पौडेल भन्छन् पर्या पर्यटनमा हिमाल पछि झरनाको महत्व रहन्छ ।
‘ईन्द्रेणी झ्याल जस्ता झरनाहरू विकासका सम्भावनासँगै लोप हुने खतरामा छ् । माथिल्लो त्रिशूली तीन ‘ए’ जलविद्युत आयोजना निर्माणका लागि गरिएको विष्फोटक पदार्थको प्रयोगले पानीको मुहानहरू सुक्न थालेको छ ।’ यस्ता प्राकृतिक देनहरूको संरक्षण संर्वद्धन र प्रचारमा चासो दिनुपर्ने पौडेलको भनाई छ । तीनबटा जल विद्युत आयोजना निर्माणको थालनी भएपछि डाडाँगाउँ, ठूलोगाउँ र हाकु क्षेत्रमा प्रकृतिका सुन्दर हरियाली दृष्य माथि यस्ता झरनाले मनोरम दृष्यका पनि ओझल पर्ने खतरा बढेको हो । समयमा यसको जर्गेनाको लागि पहल नगरे एकादेशको कथा बन्न सक्छ स्थानीय शिक्षक साधुराम सापकोटाले भने विकाससँगै विनास पनि आउँदो रहेछ विकासका आयोजना बनाउदा प्राविधिक रुपमा सोच नपुगेकोले खोला नाला झरना मात्र नभै वस्तीहरू पहिरोले उठेका छन् उनले भने ‘जिल्लाका सरोकारवालाहरूको यस प्रति चासो पुगेन । ’
त्यसैगरि गोसाँईकुण्ड मार्गमा पर्ने मनोरम झरना होस वा यार्साको घोर्मु आरुखर्क झरना यस्ता झरनाले मानिसको मन लोभ्याएको छ । प्रचार प्रसार गर्न सके यसले पर्यटक आकर्शण गर्न सक्छ । बाटोको दायाबाया जति सुकै रमणीय दृष्य देखे पनि स्वदेशी तथा विदेशी पर्यटकहरू त्यो झरनाको फोटो खिचेर एक छिन आरामले रोकिएर नहेरी अघि बढ्दैनन् । चारै तिर जंगलको बीचमा गोसाँईकुण्ड तर्फबाट आएको पानी झरेको यो झरनाको वरीपरी उपयुक्त ठाउँ नभएको राम्रो तस्वीर खिच्न सकिदैन । फोटो खिच्ने उपयुक्त ठाउँ नभएकोले पर्यटकहरू यो झरनाको राम्रो फोटो खिच्न नसकेर मन दुखाउँछन् । पासाङल्हामु राजमार्गबाट बरीपरि देखिने झरनाहरुको अहिले घट्दै गएको छ । पहिले हिंउदमा देखिने झरना अहिले वर्षातमा पनि बढेको देखिन्न ।
यस्ता लोपोन्मुख झरना तथा जल स्रोतको संरक्षणमा जिल्ला भू –संरक्षणले कार्यालयले स–साना जलाधार क्षेत्रमा संरक्षण कार्य थालनी गरेको जिल्ला भू–संरक्षण कार्यालय प्रमुख बिष्णु भण्डारीले बताए ।
लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित गोसाँईकुण्ड नौ कुण्ड क्षेत्रको सिमसार क्षेत्र र जिल्लाका विभिन्न जलासय सुक्ने क्रम बढेको निकुञ्ज स्थित मध्यवर्ती क्षेत्र संरक्षण सहयोग आयोजनाका प्रमुख गौतम पौड्यालले बताए जलवायु परिवर्तको दृष्टिले रसुवा बढि जोखिममा रहेको क्षेत्रमा पर्दछ र यहाँका जलाधार संकुचित भएका छन् ।

पानीको स्रोत सुक्नाले यहाँका जलासयहरूमा पानी घटेपछि बन, बन्य जन्तु, बनस्पत्ती र जनजीवनमा समेत उत्तिकै असर पारेको हुन्छ । त्यसले आयोजनाले कार्यक्रम जलाधार संरक्षणतर्फ लक्षित गरेको छ । समुदायिक परिचानको माध्यमबाट बृक्षरोपण, चरिचरण रोक्ने, पहिरो रोकथाम तथा नियन्त्रण,स– साना जलाधार संरक्षण कार्यक्रम लक्ष्य गरिएको आयोजना प्रमुख पौड्यालले बताए ।
जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा रहेका जलासयमा पानीको सतह घढेको छ । झरना नदि नाला कुण्ड ताल तलैया पानीको सतह बचाउँन चासोका साथ लाग्नु पर्ने स्थानीयवासी बताउँछन् । पुराना ताल, कुण्ड, नदि खोलानाला सुक्दै गएको गत्लाङका समाजसेवी विकास लामा बताउँछन् । भू–क्षय तथा बेमौसमी वर्षा र हिमपातले कृषि उत्पादन घट्दै जान थलेकोले सम्पदाको संरक्षणमा चासो नदिए यहाँका बस्तीमा खतरा उन्पन्न हुने सम्भावना बढेको छ उनले भने ।’
पहाडबाट फैलिएर फिजारिदै मडारिंदै झरेको झरना हेर्न र झरनाको चिसो पानी पिउन मानिसहरु यहाँ आउने गर्दछन् । पासाङल्हामु मार्गमा पर्ने सोले खोला र स्याफ्रको झरनामा क्यामेरा भिजाएर भएपनि विदेशी पर्यटकहरु यहाँ तस्वीर खिचेर फर्कन्छन् । यस्ता लाङटाङ र गोसाईकुण्ड पदयात्रामा मात्र होईन गत्लाङ, चिलिमे र टिमुरे गाविसका बिभिन्न पर्यटकीय गन्तव्यमा मनमोहक झरनाहरु भेटिन्छन् ।
जिल्लाको सिमित स्रोत साधनले पर्यटकीय विकासमा पर्याप्त नभएकोले नीजि तथा सरकारको माथिल्लो तहबाट पनि मनोरम झरना तथा जलका स्रोतहरु जस्ता प्रकृति संरक्षणमा बृहत योजना बनाउन आवश्य रहेको जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत कृष्ण हुमागाई बताउँछन् ।
सरकारी तथा नीजि क्षेत्रले जलासय तथा झरनाको संरक्षणबारे सोच्न नसके यसले पर्यटन व्यावसाय माथिको सौंन्दर्यता घटाउने मात्र होईन पिउने पानी र जीव जन्तुको र धेरै प्राणीको जीवनयापनमा समेत असर पर्न जाने निश्चित छ । पर्यटक आर्कशण गर्ने झरना र सुन्दर हिमाल जलवायु परिवर्तनसँगै विलिन हुँदै जान सक्ने खतरा तर्फ सवैले सजग हुनु पर्ने देखिन्छ ।



लुकेको पर्यटकीय क्षेत्र :साङजेन

हेमनाथ खतिवडा
मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बाग्मती अञ्चलको उत्तरतिर चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको विकट हिमाली जिल्ला रसुवा हो ।  जिल्लाको १८ गाविस मध्येको उत्तरी क्षेत्रमा अवस्थित यस गाविस नेपाल कै ठूलो तातोपानी रहेको चिलिमे गाविस पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । गणेश हिमाल रेञ्जको उत्तर पूर्वमा र साङजेन हिमालको दक्षिण पूर्वमा अवस्थित रहेको छ । सदरमुकामदेखि करिव २६ किलोमिटर (९ कोष ) दुरीमा रहेको छ ।
यस गाविसको उत्तरमा चीनको स्वासाशित क्षेत्र तिव्वत तथा साङजेन हिमाल, दक्षिणमा गोल्जुङ गाविस र गतलाङ गाविस, पूर्वमा थुमन गाविस र भोटेकोशी खोला, पश्चिममा गत्लाङ गाविस रहेको छ । यस गाविस समुन्द्री सतह देखि १४६० मिटरदेखि ७०५२ मिटरको उचाईसम्म फैलिएको छ । चिलिमे गाविसको कार्यालय रहेको स्थान थाम्वुचेतको उचाई समुन्दी सतहदेखि १८४७ मिटरमा रहेको छ । केही वेशी तथा पहाडी भू–भागका साथै चिलिमे उत्पयका लगायत समुन्द्री सतहदेखि ७०५२ सम्मको उचाई अर्थात साङजेन हिमाल तथा साङजेन हिमक्षेत्र भएको चरन क्षेत्र भएका कारण लेकाली, हिमाली प्रदेश समेत पर्दछ । त्यसैले यहाँ सवै प्रकारको हावापानी अर्थात उष्ण, समसीतोष्ण, ठण्डा तथा चिसो हावापानी पाईन्छ ।
यहाँ रहेको प्रमुख नदीनालाहरूमा चिलिमे खोला, बेम्दाङ खोला, साङ्जेन खोला, छुपछुङ खोला, भोटे कोशी खोला प्रमुख छन् । जसमध्ये भोटेकोशी खोला सवैभन्दा ठूलो नदी तथा चिनको स्वशासित क्षेत्र तिव्वतहँुदै वहने नदि भएतापनि होचो भू–भाग भएर वहने हुदाँ त्यसको कुनै उपयोगितामा आउन सकेको छैन । चिलिमे खोलाको पानीवाट भने २० मेघावाट क्षमताको जलविद्युत उत्पादन गरिएको छ । जसवाट यस गाविसको आन्तरिक स्रोतमा बृद्धि हुने भएको देखिन्छ भने अन्य रोजगारी, वैकल्पिक उर्जाको आपूर्ति लगायतका अवसरमा समेत वृद्धि हुने देखिन्छ । यहाँ चिलिमे, साङजेन, सालसुङ्गि जस्ता धेरै लजविद्युत आयोजना बन्ने क्रममा छन् । भविष्यमा समेत यस नदीवाट थप जलविद्युत उत्पादन गर्न सकिने प्रसस्त संभावना रहेको कुरालाई नकार्न सकिदैन । त्यस्ते यसै गाविसको पारागाउँ –चिलिमे तातोपानी) संभवत नैपालको ठूलो तातोपानीको रूपमा मानिएको र यसको धार्मिक एवं स्वास्थ्यको दृष्ट्रिकोणले अति नै महत्व मानिएको छ । यसवाट आन्तरिक पर्यटकका साथै वाह्य पर्यटकको लागि समेत आकर्षक स्रोतको रूपमा रहेको छ । यसको संरक्षण, सम्वद्र्धन एवं प्रचार प्रसार गर्नुपर्ने आवश्यकता रहेको छ ।
टोपोग्राफिक नक्सा १९९४÷९८ का अनुसार यस गाविसको कुल क्षेत्रफल ९८.९८ वर्ग किलोमिटर रहेको छ । जसमा झाडी क्षेत्र ४.१५ प्रतिशत, खेती गरिएको जमिन १० प्रतिशत, जंगलले ढाकेको क्षेत्र ३२.३२ प्रतिशत, हिमनदी ०.०९ प्रतिशत, घाँसे जमिन १९.३० प्रतिशत, खेर गएको जमिन ३३.१२ प्रतिशत, जल क्षेत्र ०.०८, तथ्याङ्क उपलव्ध नभएको क्षेत्रफल ०.९४ प्रतिशत रहेको छ । जसमध्ये खेर गएको जमिन ३३.१२ प्रतिशत र जंगलले ढाकेको क्षेत्र ३२.३२ प्रतिशत भू–भाग ओगटेको छ । टोपोग्राफिक नक्साका अनुसार यस गाविसको कुल भू–भागको ३२.३२% भू भाग वन जंगलले आगटेको छ । यहाँका वनमा पाईने वन्यजन्तुहरूमा वँदेल, चित्तल, मृग, घोरल, वाँदर, भालु, थार पाईन्छन् भने वनस्पत्तीहरूमा खस्रु, वाँझ, गोव्रसल्ला, पहेली, उत्तीस, गुराँस, कुकाठ, ढालेकटुस, अंगेरी, चुत्रो, ओखर प्रजातीहरू पाईन्छन् भने जडिबुटीहरूमा शिलाजीत, चिराईतो, लोक्ता, सुगन्धवाल, मजिठो, घस्रिङगे्र , पाँचऔले, विषजरा, निरमसी, कुट्की, पदमचाल, जटामसी, गामाडोल आदि पाईन्छन् । यहाँका अधिकांश जनताहरू खान पकाउनको लागि आवश्यक उर्जा वन माथि नै निर्भर रहेका छन् ।
पर्यटकीय सम्भावना ः
नेपालकै ठूलो तातोपानीको मुहान रहेको चिलिमेको तातोपानी सर्कजाने बाटोमा पर्दछ । यहाँ वर्षेनी स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्दछन् । यहाँको तातोपानीमा नुहाउदा छालाका विभिन्न रोगहरू निको हुने जनविश्वस छ । तातो पानीबाट साङजेन खर्कसम्मका बिभिन्न मनोरम दृष्य र जैविक विविधताले पर्यटक आकर्शण गर्दछ । ठाउँ ठाउँमा चिया पसल तथा लज स्थापना गर्न सके यहाँ पर्यटकको बसाई लम्ब्याउन सकिन्छ । पर्यटकलाई स्वागत र सम्मान गरेर यहाँका सुन्दुर खर्क , खोला खर्क, डिल्पु कुण्ड, मुल खर्क ,नादाङ खर्क, डाडाँ खर्क मनोरम पाल्दोर पिक, याङरा, गणेश हिमाल, साङ्जेन हिमालह खर्कहरू र तिबब्त हिमालका दृष्यले यहाँको सौन्दर्य थपेको छ । यहाँ सिमित समयभन्दा गोठ बस्न सक्दैन कुनै खेती बाली लाग्दैन यहाँ पर्यटन विकास गरे यो क्षेत्रले जिल्लालाई नै चिनाउँन सक्छ स्थानीय रामबहादुर तामाङले भने ‘ यहाँको समस्याहरू सुल्झाउन सके फाट्टफुट विदेशी पर्यटकहरू आफै आउन यो क्षेत्रको विकास हुन्छ । ’ चिनिया भू भागका बिभिन्न दृष्यहरू सजिलै देख्न सकिने यस क्षेत्रमा यहाँ झरल, घोरल, थार, कस्तुरी, मृग, बँदेल जस्ता महत्वपुर्ण बन्य जन्तु , बनस्पत्तीहरु पाईन्छ ।
वर्षौदेखि विवादमा ः

वर्षाैंदेखिको विवादमा परेको चिलिमे गाविसको साङजेन खर्कको मुद्दा जिल्ला अदालतदेखि सर्बोच्च अदालतसम्म पुग्यो । चिलिमे गाविसको सिमाना भित्र पर्छ भन्नेमा स्थानीयहरू दावी गर्दछन् । तर गत्लाङ गाविसवासीले भने आफुहरूको आफ्नो गाविसको भू भागमा पर्ने बताउँदै पटक पटक विवाद भयो । यहाँ दुवै गाविसवासीहरू बीच झडप नै भयो । वर्षेनी झडप गरेर सम्पत्तीको नष्ट गर्ने र विवाद बढ्ने बाहेक कुनै समाधान भएन । सिमान जोडिने कुरामा विवाद भएन तर साङजेन खर्क चिलिमेको क्षेत्रमा पर्छ । यो खर्क चिलिमेको भू–भागमा पर्छ तर पनि हामीले कसैको भनेका होईनौं गत्लाङ र अन्य सवैले उपभोग गर्न पाए भै गयो नि चिलिमेका सार्की तामाङले भने ब्यर्थमा विवाद गर्नु काम छैन । यहाँ पहिले नुवाकोटको किम्ताङ, साल्मे ,देउराली, फिकुरी, काउले धादिङ र गोरखा जिल्लाबाट पनि भेडा बाख्रा ल्याउने गर्दथे । यहाँ जेठ असार र साउनमा गोठ रहन्छ १२ हजार बढि भेडा बाख्रा र ६ सय चौरीगाई खर्कमा हुन्थे स्थानीय चिलिमे ७ का मिरुप तामाङले बताए । चिलिमे गाविस ४मा पर्ने यो खर्क गत्लाङका केही ब्यक्तिले ०६६ सालमा आफुहरूको नाममा नापनक्सा गरेको स्थानीयको आरोप छ ।
चिनसँग सिमाना जोडिएको यो खर्क पहिले चिनको पयाङ गाउँमा छलफल भयो प्याङवासीले पनि त्यसबेला चिलिमेको भागमा खर्क रहेको बताएका थिए । त्यसबेला चिलिमेका खामसुङ तामाङ र गोल्जुङका मिम्बर घले समेतको उपश्थिित थिए । बहादुर शाहको पालामा साङजेन खर्क विवादमा केरुङ अदालतले पनि चिलिमेको पक्षमा मुद्दा फैसला गरेको थियो । स्थानीय मेम्बर तामाङ बितेपछि विवादको नेतृत्व विवादमा परेको हो । गाविस सिमाना सिमांकनका बेला चिलिमेको साङजेन खर्क भन्ने प्रमाण पाएको स्थानीय गोम्बोछिरिङले बताए । ०३६ सालमा पनि नुपुसाङबो, मीसाङ र मीलन तामाङको बीच पनि विवाद भयो त्यसबेला द्वन्द भयो । मुद्दा दायर पछि नुर्पुसाङबोलाई प्रशासनले २४ घण्टे पत्र काटेको थियो । यस अघि ०३१ सालमा पनि झगडा नै भएको थियो । यद्यपि झगडा नगर्ने गरी उपभोग भने मिलेर गरिरहेको थियो । त्यसपछि ०४३ र ०४६ पछिको विवाद भने अझै चर्किेदै गयो । ०४९ सालमा पनि तत्कालिन प्धानमन्त्री गिरजाप्रसाद कोईरालाको तोक आदेश आयो नापी टोली स्थलगत गर्न भनेर । ०५२ मा स्थलगत अध्ययन  र नापी टोली खर्क पुग्यो । दुवै गाविस मिलेर उपभोग गर्ने गरी सहमति भएपनि सहमति र हस्ताक्षरले विवाद सधैंका लागि रोक्न सकेन । ०५८ सालमा जिल्ला अदालतमा मुद्दा दायर भयो । तारिख बोकेका ब्यक्ति तारिख गुजारेर विदेश गए । कसैलाई वारेस नदिएकोले तारेख गुज्रियो । पछि मुद्दा पुनरावेदन पुग्यो र लामो समय गुज्रियो अहिले पनि आज बहस हुन्छ भनिन्छ तर त्यसदिन बहस हुँदैन हामीले कहिले न्याय पाउने चिलिमेका शुरेस तामाङले भने फसला हुन धेरै ढिलो भयो । गत्लाङ र चिलिमेवासी बीच बेला बेलामा यही विवादमा झडप भैरहेको छ । चार दशकदेखि विवाद र झगडा रहिरहेको छ । गत्लाङवासीहरूले भने यहाँको भूमि आफुहरूको दावी गरिरहेका छन् । बर्षौदेखिको विवादमा छ एक पक्षिय रुपमा हेरिनु हुन्न । गत्लाङवासीले पनि यहाँ उपभोग गरिरहेका छन् यो गत्लाङको भू–भाग हो भन्ने हाम्रो दावी छ स्थानीय अशोक तामाङले भने । यस्तो विवादले आपसी झगडा, वारपार गर्ने पुल चुडाउने र भेडा र चौरी मार्नेसम्मका झडपहरू भएका छन् । यसरी विवाद सधैका लागि समाधान खोज्दै छौं आदालत न्याय दिनेमा आफुहरू आशावादी रहेको स्थानीय चिलिमे गाविस सहायक छोवाङ तामाङले बताए ।

नक्सा पनि गलत ः

जिल्ला विकास समितिले पुरानो नक्सा परिवर्तन गरेको प्रति विरोध गर्दै  चिलिमे गाविसवासीहरूले गाविसको सिमाना नक्सा यथावत राख्न  मंगलबार जिविसका निमित्त स्थानीय विकास अधिकारी कृष्ण हुमागाईलाई माग पत्र गरेका छन् ।
०५७ सालमा जिविसले स्रोत नक्सा चिलिमे गाविसको भू – भागमा पर्ने साङजेन खर्क, खोला खर्क , पाल्दोर पिक जस्ता महत्वपुर्ण भू–भागहरू गत्लाङ गाविस तर्फ पर्ने गरी नक्सा परिवर्तन गरेकोले स्थानीयवासीले सो कदमको विरोध गरी उनीहरूले मागपत्र पेश गरेका हुन् ।
जिविसले आफ्नो स्रोत नक्सामा नियम विपरित सिमाना हेरफेर गरी नक्सा परिवर्तन गरेको आधारमा नापी विभागले पनि  नियम विपरित नक्सा परिवर्तन गरी हाम्रो भू–भाग गत्लाङ गाविसको नाममा पारिएको स्थानीयले बताए ।
स्थानीय स्वायत्त शासन ऐनको परिच्छेल्द १ को दफा ४ को उपदफा १ ,दफा ५ र दफा ६ को उपदफा १ र २ ले निर्देशित गरे अनुरुप कानुनी प्रक्रिया पुरा गरी स्थानीय निकायको सिफरिसमा  र नेपाल सरकारको मन्त्री परिषद्ले मात्र सिमाना हेरफेर गर्न सक्ने प्रष्ट व्यवस्था छ ।
जग्गा नाप जाँच नियमावली ०५८ को दफा ८ ले निर्देश गरे अनुसार कानुनी प्रक्रिया पुरा गरी नक्सामा सिमाना हेरफेर गर्न सक्नेमा त्यस विपरित जिविसले आफुखुसी स्रोत नक्सा निर्माण गरेको र सो आधार देखाएर नापी विभागले गाविसको नक्सा परिवर्तन गरेको देखिएकोले कालो पोखरी, पाल्दोर, खोला खर्क, रिनामो पहाड, मार्फmुा डाँडाँ केरावास जस्ता भूभागहरू चिलिमे गाविसमा नै नक्सा यथावत कायम गर्न नक्सा तत्काल सच्याउन माग गरेको स्थानीय रामबहादुर तामाङले बताए । मागपत्र जिविस, जिल्ला प्रशासन र नापी कार्यलयमा बुझाएका छन् ।
गाविसको सिफरिस , ऐन नियमका प्रतिलिपी समेत उनीहरूले आवश्यक प्रमाणहरू पेश गरी ज्ञापन पत्र पेश गरेका हुन् । जिविसले भने नक्सामा त्रुटि भएको देखिएकोले त्यसबारे बुझ्ने र सच्याउन पहल गर्ने जनाएको छ । गाउँ पर्यटन कार्यक्रम सुरु गर्ने बेलामा केही त्रुटि भएको देखिएको र त्यसको बारेमा जिविसले तथ्य बुझ्ने जिविसका निमित्त स्थानिय विकास अधिकारी तथा योजना तथा प्रशासकीय अधिकृत कृष्ण हुमागाईले बताए । उनीहरूले अहिले जिल्लावासीले प्रयोग गरिरहेको नक्सा पनि तथ्य नभएको बताए । चिलिमेको आधा भन्दा बढि भू–भाग गत्लाङ तर्फ छ यो नक्सा गलत हो स्थानीय सार्की लामाले भने यस्तो नक्सा परिवर्तन गरी पुरानो कायम हुनु पर्छ ।

अदालतमा मुद्दा ः

वर्षाैंदेखिको विवादमा परेको चिलिमे गाविसको साङजेन खर्कको यही ठाउँमा पर्दछ ।
गत्लाङ र चिलिमे गाविसवासीको विवादका कारण पुनरावेदन अदालतमा मुद्दा परेको थियो । ०५२ सालदेखिको विवाद अन्त्यको लागि जिल्ला अदालत सहितको टोलीले गत महिना स्थलगत भ्रमण समेत गरेको थियो । स्थानीयवासी जिल्ला अदालतका तहसिलदार छविन्द्रराज काफ्ले, पत्रकार , प्रहरी सहितको टोलीले स्थलगत भ्रमण गरेका हुन् । गत्लाङ गाविससका ३४ जनाले गैरकानुनी रुपमा स्याउवारी, आलुबारी, फापर र करु खेती गरिरहेको भन्दै मालपोतमा जग्गा दर्ता गराएको विरुद्ध चिलिमेवासीले मुद्दा दायर गरेका थिए ।
कुनै खेतीयोग्य जमिन नभएको र भेडा र चौरीको चरन क्षेत्र मात्र भएको स्थलगत भ्रमणबाट फर्केर गत्लाङ गाविस सहायक सचिव छेवाङ तामाङले भने ‘यो सार्वजनिक पाखो नै हो’ परम्परादेखि नुवाकोट धादिङ र रसुवाको गत्लाङ, गोल्जुङ गाविसवासीले समेत मिलेर उपभोग गर्दै आएको पुरानो खर्कमा चरी चरनको रुपमा उपभोग सवैले गर्न पाउनु पर्ने चिलिमे गाविस–५ तातोपानीका नोर्चेल तामाङले बताए । यो कोही पनि ब्यक्तिको नाममा हुन सक्तैन सार्वजनिक सम्पत्ती हो त्यसरी नै रहनु पर्न । खर्क चिलिमे गाविस वडा नं ४ मा पर्छ । चिलिमे गाविसको वार्ड नं. ४ मा पर्ने यो खर्क जानको लागि चिलिमे थाम्वुचेतवाट तातोपानीहँुदै एक दिन पैदलयात्रा गरेर पुग्न सकिन्छ । यहाँको उचाई ४ हजार ४६ मीटर रहेको छ ।
पुरानो सार्वजनिक खर्क सवैले उपभोग गर्न पाउनु पर्ने र कसैको नाममा दर्ता भए अन्याय हुने चिलिमेवासीको माग रहेको चिलिमे गाविस बताएका छन् । अनसगमनको रिर्पोट पुनरावेदन अदालतमा पेश गरिने जिल्ला अदालतले जनाएको छ । खर्कमा सदावहार जस्तै हिंउ पर्ने भएकोले त्यहाँ कुनै खेतीगर्ने सम्भावना नभएको स्थानीय गोम्बोछिरिङ तामाङले बताए । ‘सार्वजनिक सम्पत्ती खेती योग्य जमिन भनेर गैरकानुनी रुपमा दर्तागराएका रहेछन् त्यसको खारेजी हुनु पर्छ । ’ स्थानीय रामबहादुर तामाङले भने । यद्यपि गत्लाङवासीहरूले भने आफ्नो अडान छाडेका छैनन् । उनीहरूले खर्क गत्लाङवासीको भएको दावी गरेका छन् । असार साउनमा यहाँ रसुवाको विभिन्न भाग र नुवाकोट भादिङ र गोरखा जिल्लाबाट समेत ८ सय चौरी र हजार भन्दा बढि भेडा गोठ ल्याउने गर्दछन् स्थानीय वामेन तामाङले भने यो राष्ट्रिय सम्पत्ती हो कसैलको निजी हुन सक्तैन ।
गत्लाङका ३४ जनाले आफ्नो नाममा गरेको खर्क आफ्नै दावी गर्ने आधार नभएको स्थानीय गोम्बोछिरिङ तामाङले बताए । यो सार्वजनिक चरिचरण हो । खर्क राष्ट्रियकरण नियम ०३३ को नियम ४ ख अनुरुप खर्क चरनको काममा बाहेक अरु प्रयोग गर्न नपाईने उल्लेख छ । पहिले खर्क दर्ता गर्ने नीति भए पनि ०६८ को नीतिले खर्क सरकारी स्वामित्वमा हुने उललेख छ ।

गत्लाङ र चिलिमे गाविसवासीको विवादका कारण पुनरावेदन अदालतमा मुद्दा परेको थियो । ०५२ सालदेखिको विवाद अन्त्यको लागि जिल्ला अदालत सहितको टोलीले स्थलगत भ्रमण गरेको छ । स्थानीयवासी जिल्ला अदालतका तहसिलदार छविन्द्रराज काफ्ले, पत्रकार , प्रहरी सहितको टोलीले स्थलगत भ्रमण गरेका हुन् । गत्लाङ गाविससका ३४ जनाले गैरकानुनी रुपमा स्याउवारी, आलुबारी, फापर र करु खेती गरिरहेको भन्दै मालपोतमा जग्गा दर्ता गराएको विरुद्ध चिलिमेवासीले मुद्दा दायर गरेका थिए । कुनै खेतीयोग्य जमिन नभएको र भेडा र चौरीको चरन क्षेत्र मात्र भएको स्थलगत भ्रमणबाट फर्केर गत्लाङ गाविस सचिव मणिराज पौडेलले भने ‘यो सार्वजनिक पाखो नै हो । परम्परादेखि नुवाकोट धादिङ र रसुवाको गत्लाङ, गोल्जुङ गाविसवासीले समेत मिलेर उपभोग गर्दै आएको पुरानो खर्कमा चरी चरनको रुपमा सवैले उपभोग गर्न पाउनु पर्नेक३रालाई विवादमा ल्याउन हुन्न । ’ साङजेन खर्क विनाकारण विवादमा आएको चिलिमे गाविस–५ तातोपानीका नोर्चेल तामाङले बताए यो सवैको सम्पत्ती हो भन्नेमा कसैको दुईमत रहन सक्तैन राष्ट्रिय सम्पत्ती सवैको हो , यो कोही पनि ब्यक्तिको नाममा हुन सक्तैन सार्वजनिक सम्पत्ती हो त्यसरी नै रहनु पर्छ । खर्क चिलिमे गाविस वडा नं ४ मा पर्छ । चिलिमे गाविसको वार्ड नं. ४ मा पर्ने यो खर्क जानको लागि चिलिमे थाम्वुचेतवाट तातोपानीहुँदै एक दिन पैदलयात्रा गरेर पुग्न सकिन्छ । यहाँको उचाई ४ हजार ४६ मीटर रहेको छ । जिल्ला अदालतको एक टोली सहित साङजेन खर्कको स्थलगत अनुगमन गरेपछि त्यहाँ कुनै खेती योग्य जमिन नरहेकोले गत्लाङवासीहरू स्थलगत अनुगमनको क्रममा खर्कमा हाजिर नभएकोले गाविसवासीको चिलिमेको माग पुरा हुने आशा गरेको गाविस सहायक छेवाङ तामाङले बताए ।
पुरानो सार्वजनिक खर्क सवैले उपभोग गर्न पाउनु पर्ने र कसैको नाममा दर्ता भए अन्याय हुने चिलिमेवासीको माग रहेको चिलिमे गाविस बताएका छन् । अनसगमनको रिर्पोट पुनरावेदन अदालतमा पेश गरिने जिल्ला अदालतले जनाएको छ । खर्कमा सदावहार जस्तै हिंउ पर्ने भएकोले त्यहाँ कुनै खेतीगर्ने सम्भावना नभएको स्थानीय गोम्बोछिरिङ तामाङले बताए । ‘सार्वजनिक सम्पत्ती खेती योग्य जमिन भनेर गैरकानुनी रुपमा दर्ता गराएका रहेछन् त्यसको खारेजी हुनु पर्छ । ’ स्थानीय रामबादुर तामाङले भने । यद्यपि गत्लाङवासीहरूले भने आफ्नो  अडान छाडेका छैनन् । उनीहरूले खर्क गत्लाङवासीको भएको दावी गरेका छन् ।

साङ्जेन खर्क ः

चिलिमे गाविसको वार्ड नं. ४ मा पर्ने यो खर्क जानको लागि चिलिमे थाम्वुचेतवाट तातोपानी हुँदै एकदिन पैदल यात्रा हिंडाई पछि यो खर्क पुग्न सकिन्छ ।
तातोपानीदेखि छरप्चुङ वगर, साङजेन खोला भित्रका जेजुङमा खोला, साङजेन खर्क भित्रका मोरप्पा खर्क, मल्र्कु खर्क, छुलिङ खर्क, मरकोङ खर्क, ज्यार्के वासा, चेरा वासा, सादी, नादाङ, चेदाङ, पराङ, दोगोरग, व्राङजे ९ खोला खर्क यी खर्कहरू अनि विदेशमा समेत चिरपरीचित पाल्दोर पिक, याङरा, गणेश हिमाल, साङ्जेन हिमालहरु छन् । खर्कमा भाई चराउनेहरु ब्यर्थमा पीडित छन् । अझ यहाँ पशुहरुले पनि निकै सास्ती खेप्नु परेको छ । दुई गावि िबीचको विवादले भेडा र चौरी समेत क्षती हुने गरेको छ । गोदेवा (गोठाला)का बास्तविक समस्याहरु बेग्लै छ । यहाँको खर्कमा नलगे चरण छैन लगे कतिखेर के हुन्छ थाहा हुन्न ।
साङजेन खोला रोङ्गा पुल, तेम्व्रेल पुल, जेजुङमो पुल, खानेपानी अनि एक दुई मात्र भए पनि वस्ने झाप्रो छन् । गोठाला त्यस स्थानमा पनि जान्छन र बस्छन् भन्ने कुरा अनि के थाहा एउटा सार्वजानिक सम्पतीलाई व्यक्तिले आफ्नो नाउँमा दर्ता गरी खोला–खर्क ÷साधी–खर्क ÷ नादङ–खर्क÷चेदाङ खर्कलाई ३४ जनाको नाउमा लालपूर्जा दिन मालपोत कार्यालय रसुवा छलफल नभै एकलौटी रुपमा कागजात बनेछ यस्तो कागजात बदर हुनुपर्ने चिलिमेबासीको माग छ । राज्यको निकायले नै राज्यको सम्पत्ती व्यतिmको नाउंमा दर्ता गरिदिनु अचम्म भयो । गत्लाङ गाविसका र चिलिमे गाविसका जनताको विच झगडा भै साङजेन खोलामा २०५३ सालमा निर्माण गरिएको काठेपुल समेत भत्केको थियो । पशुहरू पनि सजायाँको भागी वनी खोलामा वगेर मर्नु पर्छ । खर्क विवाद सर्वाेच्चको ढोकामा पुग्यो तर पनि खै न्याय पाउन ढिला भयो स्थानीय फिन्जो तामाङले भने ।
राष्ट्रिय सम्पत्ती यसरी विवादमा पर्नु भन्दा भूमि राज्यको सम्पत्ती नागरिक केबल प्रयोगकर्ता मात्र हुन यहाँ जहाँका जस्ते पनि पर्यटन विकासमा लागेर यस ठाउँको प्रचार प्रसर गरेर बिदेशी पर्यटक भित्र्याउनु र बसाई लम्याउनु बाहेक बिकल्प छैन । ‘चिलिमेको भू–भागमा पर्ने खर्क विवादमा ल्याउनु नै अन्याय भयो जिविस रसुवाका गणेश रेग्मीले भने । ’

समाधान खोजी
वर्षैदेखिको खर्कको विवाद समाधान गर्न अदालतका पदाधिकारी समेतले स्थलगत गरे । यस पटक भने अदालतले न्याय दिनेमा आफुहरु आशावादी रहेको स्थानीय नोर्चेल तामाङले बताए । प्राकृति स्रोत साधनमाथि स्थानीयको पहुँच तथा अधिकारका कुरा भै रहँदा यस्ता स साना कुरामा विवाद गरी आपसी असझदारी र विवाद बढाउनु भन्दा यहाँ देखिएका सम्भावनाहरु हात पार्न मिलेर सवै एकजुट हुन सके यहाँको जलविद्युत र गुणस्तरीय पर्यटन विसासको माध्यमले माटोमा सुन फल्ने सम्भावनालाई नकार्न सकिन्न ।

विनाशकारी भूकम्प , चौथो अंग हिजो, आज र भोलि

हेमनाथ खतिवडा  राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि ब...