Saturday, December 6, 2014

बढ्दो चुनौती र भय सामना गर्दै एसियाली मानवअधिकार रक्षकहरू

काठमाडौं । ०७१ मङ्सिर २० गते
एसियाली मानवअधिकार रक्षकहरूको प्रभावकारी संरक्षणको प्रत्याभूतिका लागि विभिन्न संस्थाहरूले एसिया महादेशका सरकारहरू,राष्ट्रियक्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई आग्रह गरेको छ ।

एसियन फोरम फर ह्युमन राइट्स एण्ड डिभेलममेन्ट (फोरम-एसियार टास्क फोर्स डिटेनिस अफ फिलिपिन्स तथा फिलिपिन्स अलायन्स अफ ह्यूमन राइट्स एड्भोकेट्सले मङ्सिर २० गते फिलिपिन्सको क्यूजेन सिटीबाट एक संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।

एसियाका २२ राष्ट्रका १५० भन्दा बढी मानवअधिकार रक्षहरू मङ्सिर १७ देखि २० गतेसम्म छैठौं एसिया क्षेत्रीय मानवअधिकार रक्षक मञ्चमा भेला भएका थिए । फोरम एसियाले अर्धवाषिर्क रूपमा आयोजना गर्ने यस भेलाले मानवअधिकार रक्षकहरूका काम र पैरवी छलफलका साथै आफ्ना अनुभव र आफूले सामना गर्ने भयहरू साटासाट गर्ने मञ्च प्रदान गर्छ । कार्यक्रमका अवसरमा एसियाका मानवअधिकार रक्षकहरूको अवस्थाबारे जनचेतना फैलाउन फोरम एसियाले मानवअधिकार रक्षकसम्बन्धी अनलाइन पोर्टलको पनि सुरूवात गरेको थियो ।

लाकतन्त्रलाई अगाडि बढाउन र दिगोपनका लागि मानवअधिकार रक्षकहरूको महत्वपूर्ण भूमिका हुने भन्दै फोरम एसियाका अध्यक्ष हेन्री तिफाग्नेले उनीहरूले झूठो फौजदारी अभियोगदेखि जबर्जस्ती बेपत्ता र गैरन्यायिक हत्यासम्मका भय र चुनौतीको सामना गर्नुपरेको बताए । राष्ट्रियक्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी संयन्त्रमार्फत एसियामा मानवअधिकार रक्षकहरूको संरक्षणलाई बलियो पार्नु पर्ने आजको आवश्यकता होउनले भने।

मानवअधिकार रक्षकहरूको अवस्थाबारे राष्ट्रसंघीय विशेष समाधिक्षक माइकल फोर्स्टले कार्यक्रमको उद्घाटनमा एसियाली मानवअधिकार रक्षकहरूमाथि धम्कीआवतजावतमा रोकतोकदुर्व्यवहार र फौजदारी अभियोग लाग्न सक्ने सम्भावना रहेको बताए । मौलिक स्वतन्त्रताबाट वञ्चित गर्ने यस्ता घटना मानवअधिकार रक्षकहरूलाई बद्नाम गर्नेतर्फकेन्द्रीत रहेकेा उनले बताए ।

No comments:

विनाशकारी भूकम्प , चौथो अंग हिजो, आज र भोलि

हेमनाथ खतिवडा  राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि ब...