धुन्चृ, रसुवा
जिल्ला सदरमुकाम धुन्चेमा रहेको जिल्ला विकास समितिको सभाहल मर्मत गरी मुहार फरिने भएको छ । आवश्यक मर्मत सम्भार गरी पुरानो शैलीमा निर्मित उक्त भवन मर्मत गर्न आवश्यक देखिएकोले फागुनमा नै मुहार फेरिने भएको हा ।
अव्यवस्थित र जीर्ण रहेको उक्त हल सभासदद्वय जनार्दन ढकाल र छोवाङतेन्जिन तामाङ, प्रमुख जिल्ला अधिकारी उद्दवप्रसाद भट्टराई, स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुर, जिल्ला इञ्जिनियर मदन श्रेष्ठको सकृयतामा व्यवस्थित र सुविधा सम्पन्न सभाहल बन्न लागेको बताइएको छ । फागुन समान्तभित्रै सम्पन्न हुने गरी मर्मतको कार्य अगाडि बढाइएको बताइएको छ ।
त्यस्तैगरि धुन्चे बजारको व्यवस्थापनका लागि पिच सुधार गरी रोड मार्किङ, सडकका दायाँबाँया राखिएका बस्तुहरू व्यवस्थापन, फोहर व्यवस्थापन तथा धुन्चे गाउँ प्रवेश गर्ने र सडकबाट जिल्ला प्रशासन कार्यालय जाने बाटो व्यवस्थित निर्माण गर्ने कार्य पनि सुरु हुने बताइएको छ । यस अघि धुन्चे बजार सडक बरीपरि निर्माण सामाग्री तथा बिभिन्न किसिमका सामानहरु थुपारिएकोले सदरमुकामको सुन्दरता बिग्रिएको गुनासो आएको थियो ।
सभाहल तथा बजारको अनुगमन गरी निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्ने सभासदद्वयले प्रतिबद्धता जनाएका छन् भने प्रहरी निरीक्षक प्रवीण पोखरेलले धुन्चे बजारको व्यवस्थापनका लागि सुरक्षाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
त्यस्तै कालिकास्थानमा पनि सभाहल बनाउन जग्गाको प्रबन्ध मिलाइएको बताइएको छ ।
No comments:
Post a Comment