Saturday, December 6, 2014

२३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्पन्न

धुन्चे,रसुवा
अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै २३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस रसुवामा पनि मनाइएको छ । आत्मा साक्षी राखि मन वचन र कर्मले सहयोग गरौँ भन्ने मुल नाराका बिभिन्न कार्यक्रम गरी साथ मनाइएको हो ।

दिवसको अवसरमा केन्द्रीय नेपाल प्रहरी श्रीमती संघद्धारा रसुवामा अपाङगता भएका व्यक्तिहरुलाई  धुन्चेमा खाद्यान्न वितरण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघले सोना चामल ६ बोरा कालो दाल १० किलो, मुसुरोको दाल १० केजी, सनफ्लावर तेल २ काटुन, नुन २५ पाकेट, चाउचाउ ४ बाकस, बिस्कुट १ बाकस, चिनि १० केजी, घिउ ५ केजी, कम्बल २३ थान र ज्याकेट २३ थान वितरण गरिएको थियो ।

खाद्यान्न वितरण गर्दै नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष रोशी अर्यालले शारिरिक असक्षमता रहेका व्यक्तिहरुलाई सक्दो सहयोग गर्न आग्रह गर्नुभयो । संघका अध्यक्ष अर्यालले यस अघि पनि संघले देशभरका अपाङगता भएका व्याक्तिहरुलाई विभिन्न सहयोगहरु गर्दै आएको बताउँनुभयो ।

रसुवा जिल्लामा जिल्ला सिविआर कार्यक्रमको तथ्याङ अनुसार १ हजार १ सय २६ जना अपाङता व्याक्तिहरु रहेका छन् । जिल्लामा अपाङता भएका व्याक्तिहरुको थप हुने क्रम पनि जारी रहेको छ । महिला तथा बालबालिका कार्यलय रसुवाले जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र बितरण गर्दै आएको छ । रसुवामा हालसम्म कुल १ हजार ६२ जनाले अपाङता परिचय पत्र लिएको तथ्यांक छ ।  

बिशेष अपाङ्गता भएकाको लागि रातो कार्ड लिएका अपाङग व्यक्तिहरुले सामाजिक सुरक्षा अनुसार मासिक १ हजार राज्यले भत्ता दिने गरेको छ । रातो कार्ड लिएका व्याक्तिहरुले अन्य सेवा सुविधा नपाउने महिला विकास अधिकृत अन्जु ढुङगानाले बताउनुभयो । सुरुदेखि हालसम्म २ सय २६ जनाले क बर्गको रातो अपाङगता लिएका छन् । त्यस्तै १ सय ५९ जनाले ख बर्गको निलो, १ सय ९९ ग वर्गकाले पहेलो १ सय ६१ जनाले घ बर्गको सेतो र बर्ग नखुलेको ३ सय ५ जना गरी १ हजार ६२ जनालाई अपाङता परिचय पत्र वितरण गरिएको पनि महिला विकास अधिकृत अन्जु ढुङगानाले बताउँनुभयो ।

यस्तै गरी निमित्त प्रमुख जिल्ला अधिकारि गौतम रिमालले सबै ठाउमा अपाङगमैत्री बातावरण सिर्जना गर्न पहल गर्न सके मात्र अपाङग दिवसको सार्थकता हुने बताउँनुभयो ।

रसुवाका प्रहरी नायव उपरीक्षक प्रविण पोखरेलले शारिरिक रुपमा असक्षम व्यक्तिहरुका लागि लिएको शुन्य शहनशिलताको नीति जिल्ला प्रहरी कार्यालय रसुवाले अङगिकार गरेको गरेको बताउनुभयो । उहाँले असक्षम भएका अपाङ व्यक्तिहरुमाथि हुने हिंसा माथि कारबाही र अनुसन्धान गर्ने प्रतिबद्धता जनाउँनुभएको छ ।

अपाङ्गता जहिले पनि जो सुकै ब्यक्ति हुन सक्ने भएकोले सवैले अपाङ्गता भएकाहरुका लागि भेदभाव र हेयको दृष्टिले हेर्न नहुने तथा उनीहरुसँग भिन्न् क्षमता भएकोले प्रोत्साहनको खाँचो रहेको बिभिन्न सरोकारवालाहरुले बताए ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुल जनसङ्ख्याको करिब २ प्रतिशत व्यक्ति अपाङ्गता भएका छन् भने विश्वका करिब १५ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको अध्ययनहरुले देखाएको छ । सन् १९९२ मा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ३ मा अपाङ्गता भएकाहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा गरेअनुसार नेपालमा पनि यो दिवस मनाउने गरिन्छ ।
रसुवामा बिभिन्न कार्यक्रमका साथ अपाङ्गता भएका बालबालिकाहरुलाई बाल अपाङ्ग पुर्नस्थापना केन्द्र खोलेर कालिकास्थानमा ब्यवस्थित गरिएको रसुवा अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष विष्णु आचार्यले बताए । अपाङ्गता भएकाहरुला लागि बिभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएको छ । मानशिक रुपमा अपाता भएका तथा त्यससम्बन्धि समस्या भएकाहरुका लागि मानशिक स्वास्थ्य परामर्श केन्द्र नेपालले जिल्ला स्वास्यथ् कार्यालयसँगको समन्वयमा सघाउ पुर्याउँदै आएको छ ।


No comments:

विनाशकारी भूकम्प , चौथो अंग हिजो, आज र भोलि

हेमनाथ खतिवडा  राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि ब...