Saturday, November 22, 2014

जिल्लामा आपतकालिन बाल उद्दार गृह सन्चालन गर्न जोड्


धुन्चे, रसुवा / ब्यापार केन्द्रहरूमा बाल श्रम शोषण हुन नहुने तथा रसुवामा बालगृह सञ्चालन हुनु पर्ने बिभिन्न सरोकारवालाहरूले बताएका छन् । जिल्ला बालकल्याण समितिले आयोजना गरेको रसुवा जिल्लामा रहेका अवस्था बारे सरोकारवाला निकायहरूसँग धुन्चेमा गरिएको अन्तरक्रियामा सहभागिहरूले सो कुरामा जोड दिइएको हो ।





केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लिराम गिरीले बालबालिकाको काम कर्तव्य र अधिकार कानुनले स्पष्ट गरेको बताउदै गाविसको नाममा दिएको रकम दुरुपयोग भइरहेको बताए । उनले बालबालिकाको क्षमता अभिवृद्धिको लागि छुट्टाइएको बजेट स्थानीय निकायले सम्बन्धित क्षेत्रमा नै खर्च गर्न निर्देशन दिए । सरोकारवालाहरुले आपतकालिन बाल उद्दार गृहको संचालनमा ल्याउनुपर्नेमा जोड् दिएका हुन ।






बालबालिकाहरूलाई चाइनाको डान्सबारमा नचाउने, बालबालिकाको किड्नी बेच्ने लगायतका कार्य भइरहेको बताउँदै होटल गाडीहरूमा बालमजदुर राख्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने समेत उनले जोड्दिनुभयो ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले सोतको प्रयोग, स्रोतको उपयोग र स्रोतको सदुपयोगको प्रयोग गर्नुपर्ने बताए । खुल्ला हृदयले बालबालिकाको हकहितका लागि कार्य गर्नुपर्ने बताए । यस्तै, रसुवाका प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद भट्टराइले बिभिन्न निकायहरूले छुट्टाउने १० प्रतिशत रकम विनियोजन गर्ने जानकारीहरू नआइरहेको बताउनुभयो ।



आगामि दिहरूमा बालकल्याण समितिबाट गर्नुपर्ने कामहरूलाई अझ प्रभाबकारी रुपले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला बालकल्याण समिति रसुवाका बाल अधिकार अधिकृत भगवती पौडेलले गाविस सचिवहरूलाई बालबालिकाको तथ्याङ सङ्कलन गर्न दिए पनि अहिलेसम्म नगरेको आरोप लगाए । यस्तै रसुवाका प्रहरी प्रमुख प्रबिण पोखरेलले हरेक क्षेत्रमा रहेका बालमजदुर हटाउन आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । उनले बिभिन्न अनलाइन मिडियाहरूमा अश्लील भिडियो राख्ने काम भइरहेकाले यस्तो काम कसैले पनि गर्न नहुने बताए ।





जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटाले एसएलसीको नजिता हरेका बर्ष खस्कदै गएको बताउदै जिल्लामा शिक्षकको दरबन्दी कम रहेको र गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि शिक्षकको अभाब रहेको बताए । इन्सेकका प्रतिनिधि हेमनाथ खतिवडाले ग्रामीण तहमा बाल बिबाह , बाल श्रम शोषण जस्ता घटनाबाट बालबालिकाहरू पीडित भएको तर न्याय माग्न राज्यको सुरक्षा निकायसम्म आउन नसकेको बताए ।





कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजार नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, निमित्त स्थानीय विकास अधिकारी, धुन्चे गाविसका सचिब हकहित संरक्षण मञ्चका टिकमबहादुर शाही लगायतले जिल्लामा आपतकालिन बाल उद्दार गृहको संचालनमा ल्याउनुपर्नेमा जोड् दिए । कार्यक्रममा मानवअधिकारकर्मी, पत्रकार, नागरिक समाजको सहभागिता रहेको थियो ।

No comments:

विनाशकारी भूकम्प , चौथो अंग हिजो, आज र भोलि

हेमनाथ खतिवडा  राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि ब...