धुञ्चे, रसुवा
रसुवाको मध्यवर्ती उपभोक्ता समितिहरुले स्थानिय बासिन्दाहरुलाई फलामे लिङ्गो वितरण गर्दा जंगल विनास हुनबाट वर्षेनी हजारौ रुख काटिनुबाट जोगिएको अध्ययन प्रतिवेदनले देखाएको छ ।
मध्यवर्ती क्षेत्रमा ग्रीन नेपाल ललितपूर नामक संस्थाका डा. नागेन्द्र प्रसाद यादवले लाङटाङ रािष्ट्रय निकुञ्जको ९ वटा मध्यवर्ती उपभोक्ता समितिहरुमा गरेको अध्ययनमा मध्यवर्ती उपभोक्ता समितिहरुले कार्यक्रमहरु निर्देशिका अनुसार कार्यक्रम बजेट खर्च नभएको डा.यादवले बताएका छन ।
मध्यवर्ती उपभोक्ता समितिले निर्देशिकामा अनुसार संरक्षण कार्यक्रममा ३० प्रतिशत, सामुदायिक विकास कार्यक्रममा ३० प्रतिशत, आय आर्जन तथा सीप विकास कार्यक्रममा २० प्रतिशत, संरक्षण शिक्षा कार्यक्रममा १० प्रतिशत र प्रशासनिक कार्यक्रममा १० प्रतिशत वजेटको खर्च गर्नु पर्नेमा सामुदायिक विकास कार्यक्रममा मात्र ७२ प्रतिशत, संरक्षण कार्यक्रममा १२ प्रतिशत, आर्य आर्जन तथा सीप विकास कार्यक्रममा ७ प्रतिशत, संरक्षण शिक्षा कार्यक्रममा ३ प्रतिशत र प्रशासानिक कार्यक्रममा १ प्रतिशत वजेट खर्च गरिएको अध्ययन प्रतिवेदनले देखाएको छ ।
पुरानो मध्यवर्ती उपभोक्ता समितिहरुले नयाँ उपभोक्ता समितिलाई हिसाव, किताव र खाता हस्तान्तरण गर्ने बानीको विकास नभएकोले पुरानो डाटा मिल्न नसकेको डा. नागेन्द्र प्रसाद यादवको प्रतिवेदनमा उल्लेख गरिएको छन ।
No comments:
Post a Comment