धुन्चे, रसुवा
जिल्लामा पर्ने रगत अभाव कम गर्न रसुवा जिल्लामा पहिलो पल्ट आकस्मिक रक्त संचार सेवा सुरु भएको छ ।
रगतका समस्याका कारण यहाँ उपचार गर्न आउने विरामीलाई अन्यत्र रिफर गर्न नपरोस् भन्ने उद्धेश्यले रसुवा जिल्ला अस्पतालले आजदेखि “आकस्मिक रक्त सञ्चार सेवा” सुरु गरेको छ । उपचार गर्न आउने विरामीहरूले रगतको खाँचो पर्ने भएपछि उक्त सेवा सुरु गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा रमेशकुमार खरेलले बताउनु भयो ।
अस्पतालको आफ्नै पहलमा सुरु गरिएको उक्त सेवामा प्रत्येक रगत समूह व्यक्ति पहिचान गरी आवश्यक पर्दा रक्त दानका लागि आग्रह गर्ने र प्रत्येक समूहका रगतहरू स्टक राखिने डा खरेलले जानकारी दिनुभयो ।
रक्तदानबाट प्राप्त रगत ३४ दिनभित्रमा प्रयोग गरिसक्नुपर्ने भएकोले जिल्लालाई स्टक राखी अन्य रगतहरू नुवाकोट तथा देशका अरु रक्त सञ्चार सेवा केन्द्रहरूमा पठाएर मुलुकभरको रगत अभावलाई परिपुर्तिमा सहयोग गर्न सकिने पनि कार्यक्रममा बताइएको छ ।
सो सेवा सञ्चालन गर्नको आवश्यक पूर्वाधार दक्ष डक्टरको व्यवस्थापन भईसकेको र आवश्यक पर्ने रगत दिनको लागि सम्पूर्ण नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरूलाई अस्पतालले अनुरोध गरेको छ । यो सेवा सञ्चालन पछि रसुवा जिल्ला अस्पतालले छिट्टै नै अल्ट्रासाउण्ड र अपरेसनको सेवा पनि सञ्चालन गर्न लागिएको बताईएको छ ।
आकस्मिक रक्त सञ्चार सेवा उद्घाटन समारोहमा रगत के हो, किन दान गर्ने भन्ने विषयमा पनि जानकारी दिइएको थियो । आकस्मिक रक्त सञ्चार सेवा सञ्चालनको लागि डा खरेल तथा जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीलगायतले रक्तदान गरी कार्यक्रमको सुरुवात गरेका छन् ।

No comments:
Post a Comment