Monday, December 6, 2010

गाउँबाट बजारमा बसाइँ सर्ने क्रम बढ्दो छ ।

 ग्रामीण क्षेत्रमा बसोवास गर्ने कतिपयले पाल्दै आएका पशु घटाउँदै छन् । धेरैले पाल्नै छाडिसके । कास्कीको एक गाउँका युवकले भने व्यावसायिक शरूपमा भेंडाबाख्रा पालेर वाषिर्क लाखौं आम्दानी गर्दै आएका छन् ।
उत्तरी ल्वाङघलेल-९ सिदिङका २५ वर्षीय गोविन्द गौतम भेंडाबाख्रा पालेर उदाहरणीय बन्दै आएका
हुन् । 'मेरो खोरमा पाँच सयभन्दा बढी भेंडाबाख्रा छन्,' मर्दी हिमाल ट्रेकिङ रुटको हाई प्वाइन्टस्थित गोठमा भेटिएका गौतमले भने, 'अब दसंैको सिजन सुरु भएकाले गाउँतिर झारेर बिक्री गर्ने योजनामा छु ।' गौतमले बिक्रीबाट वाषिर्क ४ लाख रुपैयाँभन्दा बढी नाफा हुने गरेको बताए ।
गौतम रोजगारीका लागि ७ वर्षअघि खाडी मुलुक कतार पुगेका थिए । त्यहाँको कमाइमा सन्तुष्ट हुन नसकेपछि गाउँ फर्किएर भेंडाबाख्रा पालनमा लागेको उनले बताए । 'खाडीमा ३ वर्ष बसेर गाउँ फर्किएँ,' भेंडा धपाउँदै गरेका गौतमले भने, 'उता (विदेशमा) अरूले अह्राएको काम गर्नुपथ्र्यो । यहाँ आफ्नो काम गर्न सजिलै भएको छ । कमाइबाट पनि सन्तुष्ट छु ।'
उनका बाबुबाजेले ३२ वर्षअघि भेंडा पाल्न सुरु गरेका थिए । त्यो क्रम केही वर्षपछि बन्द भएको थियो । विदेशमा भोगेको पीडापछि गोविन्दले पुनः त्यो पेसालाई निरन्तरता दिएका हुन् । उनी एक्लैले नभ्याउने भएकाले एक जना गोठालो राखेका छन् । घुम्ती रूपमा पाल्ने भएकाले गौतमले अस्थायी छाप्रा बनाउँदै आएका छन् । उनले असारदेखि असोज पहिलो सातासम्म ४ हजार ५ सय मिटरको उचाइमा, असोज-कात्तिकमा ३ हजार ५ सय मिटर र हिउँदमा गाउँको खेतबारीमा गोठ सार्ने गर्छन् ।
लेकमा ठूला-ठूला खर्क रहेका र त्यहीं चर्ने भएकाले साना पाठापाठीबाहेक अरूलाई घाँस काट्न नपर्ने हुँदा स्याहार्न सजिलो भएको उनले बताए ।
स्थानीय समाजसेवी राजेन्द्र गुरुङका अनुसार पहिले गाउँका धेरै जनाले लेकमा भेंडाबाख्रा पाल्ने गर्थे । अहिले त्यो क्रम घट्दै गएको छ । 'गोविन्दले मात्रै यो पेसालाई निरन्तरता दिएका छन्, गुरुङले भने 'उनी गाउँका उदाहरणीय युवा हुन् । धन कमाउन विदेशै जानुपर्छ भन्ने मान्यतालाई उनले तोडेका छन् ।' पशु सेवा कार्यालय कास्कीका प्रमुख प्रकाशराज श्रेष्ठले अधिकांश युवा रोजगारका लागि देश-विदेश भौंतारिइरहेका बेला गौतमको काम निकै प्रशंसनीय रहेको बताए ।

No comments:

विनाशकारी भूकम्प , चौथो अंग हिजो, आज र भोलि

हेमनाथ खतिवडा  राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि ब...