Wednesday, December 15, 2010

स्नातकोत्तर युवा कृषिमा

अंग्रेजी विषयमा स्नातकोत्तर गरेका एक युवा जंगलको बीचमा एक्लै बसेर कृषि पेसालाई निरन्तरता दिँदै आएका छन् । माझगाउँ अल्काटारका ४५ वषर्ीय धर्मराज पौडेलले १८ वर्षदेखि यो पेसा अँगालेका हुन् । उनी एकान्त जंगलको बीचमै घर बनाएर बसेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सात वर्षअघि स्नातकोत्तर गरेका उनी जागिर खान छाडेर गाउँकै पाखोमा एक्लै बसोबास गर्दै सुन्तला, मौरीपालन, तरकारीलगायत खेती गर्दै आएका छन् । अंग्रेजी विषय पढाउन विभिन्न उच्चमाविहरूले आग्रह गरे पनि जागिर खान नचाहेको उनले बताए । यत्रो पढेर मान्छे जंगलमा बसेर खेती गर्ने भनेर उनलाई धेरैले खिस्साउने गर्छन् । 'पढेर जागिरै खानुपर्छ भन्ने छैन,' न्यौपानेले भने, 'कृषिमै लागेर देशको उत्पादनमा टेवा पुर्‍याउन सकिन्छ ।'

गाउँबाट अधिकांश बासिन्दा सुविधा खोज्दै सहर झरिरहेका बेला उनी भने अरूले छाडेको पाखो बारीसमेत किनेर खेती गरिरहेका छन् । सहरमा घरघडेरी किन्ने प्रवृत्ति बढिरहेका बेला उनी कृषि पेसाबाट कमाएको लाखौं रुपैयाँ वनपाखामा लगानी गरिरहेका छन् । उनीसँग सुरुमा १२ रोपनी जग्गा मात्रै थियो । अहिले ३० रोपनी जग्गामा सुन्तला मात्रै खेती गरेका छन् । एक हजार बोट सुन्तलाबाट उनले वाषिर्क ६ लाख आम्दानी गर्दै आएका छन् । जिल्लामै उनी दुई वर्षअघि उत्कृष्ट सुन्तला कृषकका रूपमा समेत पुरस्कृत भएका थिए ।

अरू ३० रोपनी खेतमा उनले धान रोप्न छाडेर केरा र तरकारी खेती गरेका छन् । एक सय घार मौरी, ४० वटा बाख्रा र १२ वटा गाईभैंसीसमेत पालेका छन् । खेतीबाट उनले वाषिर्क ११ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । चार वर्षदेखि उनले आम्दानी लिन थालेका हुन् । खेतीबाट आएको आम्दानी उनले जमिन थप्न लगाएका छन् । बाँदरले खेती नष्ट गर्ने हुनाले बिहानै उठेर बाँदर धपाउन व्यस्त रहन्छन् । तरकारीसमेत आफैं बोकेर सहर झर्ने गर्छन् । 'सहरमा घरघडेरी किन्न सक्थें तर मलाई सहरमा घर बनाएर बस्ने चाह छैन,' उनले भने, 'यही ठाउँमा एउटा कृषि अनुसन्धान केन्द्र खोल्ने सोच छ ।'

उनको लगाव देखेर विदेशीसमेत उनको प्रशंसक बनेका छन् ।

केही विदेशीले उनको कामको प्रशंसा गर्दै हाते मेसिनसमेत सहयोग गरेका छन् । सानैदेखि पढेर कृषिमै लाग्ने सोच बनाएका न्यौपानेको अहिले आएर त्यो इच्छा पूरा भएकामा दंग छन् । from online

No comments:

विनाशकारी भूकम्प , चौथो अंग हिजो, आज र भोलि

हेमनाथ खतिवडा  राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि ब...