काठमाडौं । ०७१ मङ्सिर २० गते |
एसियाली मानवअधिकार रक्षकहरूको प्रभावकारी संरक्षणको प्रत्याभूतिका लागि विभिन्न संस्थाहरूले एसिया महादेशका सरकारहरू,राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई आग्रह गरेको छ ।
एसियन फोरम फर ह्युमन राइट्स एण्ड डिभेलममेन्ट (फोरम-एसिया) र टास्क फोर्स डिटेनिस अफ फिलिपिन्स तथा फिलिपिन्स अलायन्स अफ ह्यूमन राइट्स एड्भोकेट्सले मङ्सिर २० गते फिलिपिन्सको क्यूजेन सिटीबाट एक संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।
एसियाका २२ राष्ट्रका १५० भन्दा बढी मानवअधिकार रक्षहरू मङ्सिर १७ देखि २० गतेसम्म छैठौं एसिया क्षेत्रीय मानवअधिकार रक्षक मञ्चमा भेला भएका थिए । फोरम एसियाले अर्धवाषिर्क रूपमा आयोजना गर्ने यस भेलाले मानवअधिकार रक्षकहरूका काम र पैरवी छलफलका साथै आफ्ना अनुभव र आफूले सामना गर्ने भयहरू साटासाट गर्ने मञ्च प्रदान गर्छ । कार्यक्रमका अवसरमा एसियाका मानवअधिकार रक्षकहरूको अवस्थाबारे जनचेतना फैलाउन फोरम एसियाले मानवअधिकार रक्षकसम्बन्धी अनलाइन पोर्टलको पनि सुरूवात गरेको थियो ।
लाकतन्त्रलाई अगाडि बढाउन र दिगोपनका लागि मानवअधिकार रक्षकहरूको महत्वपूर्ण भूमिका हुने भन्दै फोरम एसियाका अध्यक्ष हेन्री तिफाग्नेले उनीहरूले झूठो फौजदारी अभियोगदेखि जबर्जस्ती बेपत्ता र गैरन्यायिक हत्यासम्मका भय र चुनौतीको सामना गर्नुपरेको बताए । राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी संयन्त्रमार्फत एसियामा मानवअधिकार रक्षकहरूको संरक्षणलाई बलियो पार्नु पर्ने आजको आवश्यकता हो, उनले भने।
मानवअधिकार रक्षकहरूको अवस्थाबारे राष्ट्रसंघीय विशेष समाधिक्षक माइकल फोर्स्टले कार्यक्रमको उद्घाटनमा एसियाली मानवअधिकार रक्षकहरूमाथि धम्की, आवतजावतमा रोकतोक, दुर्व्यवहार र फौजदारी अभियोग लाग्न सक्ने सम्भावना रहेको बताए । मौलिक स्वतन्त्रताबाट वञ्चित गर्ने यस्ता घटना मानवअधिकार रक्षकहरूलाई बद्नाम गर्नेतर्फकेन्द्रीत रहेकेा उनले बताए ।
|
Saturday, December 6, 2014
बढ्दो चुनौती र भय सामना गर्दै एसियाली मानवअधिकार रक्षकहरू
फलामे लिङ्गो प्रयोगले वर्षेनी हजारौ रुख जोगिए
धुञ्चे, रसुवा
रसुवाको मध्यवर्ती उपभोक्ता समितिहरुले स्थानिय बासिन्दाहरुलाई फलामे लिङ्गो वितरण गर्दा जंगल विनास हुनबाट वर्षेनी हजारौ रुख काटिनुबाट जोगिएको अध्ययन प्रतिवेदनले देखाएको छ ।
मध्यवर्ती क्षेत्रमा ग्रीन नेपाल ललितपूर नामक संस्थाका डा. नागेन्द्र प्रसाद यादवले लाङटाङ रािष्ट्रय निकुञ्जको ९ वटा मध्यवर्ती उपभोक्ता समितिहरुमा गरेको अध्ययनमा मध्यवर्ती उपभोक्ता समितिहरुले कार्यक्रमहरु निर्देशिका अनुसार कार्यक्रम बजेट खर्च नभएको डा.यादवले बताएका छन ।
मध्यवर्ती उपभोक्ता समितिले निर्देशिकामा अनुसार संरक्षण कार्यक्रममा ३० प्रतिशत, सामुदायिक विकास कार्यक्रममा ३० प्रतिशत, आय आर्जन तथा सीप विकास कार्यक्रममा २० प्रतिशत, संरक्षण शिक्षा कार्यक्रममा १० प्रतिशत र प्रशासनिक कार्यक्रममा १० प्रतिशत वजेटको खर्च गर्नु पर्नेमा सामुदायिक विकास कार्यक्रममा मात्र ७२ प्रतिशत, संरक्षण कार्यक्रममा १२ प्रतिशत, आर्य आर्जन तथा सीप विकास कार्यक्रममा ७ प्रतिशत, संरक्षण शिक्षा कार्यक्रममा ३ प्रतिशत र प्रशासानिक कार्यक्रममा १ प्रतिशत वजेट खर्च गरिएको अध्ययन प्रतिवेदनले देखाएको छ ।
पुरानो मध्यवर्ती उपभोक्ता समितिहरुले नयाँ उपभोक्ता समितिलाई हिसाव, किताव र खाता हस्तान्तरण गर्ने बानीको विकास नभएकोले पुरानो डाटा मिल्न नसकेको डा. नागेन्द्र प्रसाद यादवको प्रतिवेदनमा उल्लेख गरिएको छन ।
एघारौ महिला स्वास्थ्य स्वयमसेविका दिवस
चिलिमे,रसुवा
एघारौं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा सुआहारा कार्यक्रम तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिबिध कार्यक्रम सम्पन्न भयो ।
गोल्जङ, गत्लाङ, र चिलिमे गाविसका महिला स्वास्थ्य स्वयमसेविका सहभागि कार्यक्रमा ¥याली तथा सरसफाई कार्यक्रम गरिएको थियो । थाम्बुचेत स्वास्थ्यचौकी तथा गाउँ बरीपरी सरसफाई गरी स्थानीय हिमालयन बृद्धाआश्रमका बृद्धबृद्धाहरूलाई अण्डा , सावुन , नेलकटर, बितरण गरिएको थियो । कार्यक्रममा महिला स्वयमसेविकाहरूको समुहगत हाजिरीजवाफ प्रतियिोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई अण्डा, सावुन नेलकटर र भित्तेघडी पुरस्कार प्रदान गरिएको थियो ।
सुआहारा कार्यक्रमको स्वास्थ्य , पोषण र सरसफाई बारे चेतना मुलक कार्यक्रम सहित भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका रुकु क्षेत्री, गोल्जुङ स्वास्थ्य चौकीका ईन्चार्ज चन्द्रभुषण ठाकुर, स्थानीय हिमालयन ईङलिस स्कुलका शिक्षक , विद्यार्थी, स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
एकीकृत पोषण तथा सरसफाईलाई ध्यान दिदै पुररस्कार प्रदान गरिएको थियो सुआहारारा कार्यक्रम संयोजक मनोज मिश्रले बताए ।
२३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्पन्न
धुन्चे,रसुवा
अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै २३
औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस रसुवामा पनि मनाइएको छ । आत्मा साक्षी राखि मन
वचन र कर्मले सहयोग गरौँ भन्ने मुल नाराका बिभिन्न कार्यक्रम गरी साथ मनाइएको हो ।
दिवसको अवसरमा केन्द्रीय नेपाल प्रहरी श्रीमती
संघद्धारा रसुवामा अपाङगता भएका व्यक्तिहरुलाई
धुन्चेमा खाद्यान्न वितरण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघले सोना चामल
६ बोरा कालो दाल १० किलो, मुसुरोको
दाल १० केजी, सनफ्लावर
तेल २ काटुन, नुन
२५ पाकेट, चाउचाउ
४ बाकस, बिस्कुट
१ बाकस, चिनि १०
केजी, घिउ ५
केजी, कम्बल २३
थान र ज्याकेट २३ थान वितरण गरिएको थियो ।
खाद्यान्न वितरण गर्दै नेपाल प्रहरी श्रीमती
संघका केन्द्रीय अध्यक्ष रोशी अर्यालले शारिरिक असक्षमता रहेका व्यक्तिहरुलाई
सक्दो सहयोग गर्न आग्रह गर्नुभयो । संघका अध्यक्ष अर्यालले यस अघि पनि संघले
देशभरका अपाङगता भएका व्याक्तिहरुलाई विभिन्न सहयोगहरु गर्दै आएको बताउँनुभयो ।
रसुवा जिल्लामा जिल्ला सिविआर कार्यक्रमको
तथ्याङ अनुसार १ हजार १ सय २६ जना अपाङता व्याक्तिहरु रहेका छन् । जिल्लामा अपाङता
भएका व्याक्तिहरुको थप हुने क्रम पनि जारी रहेको छ । महिला तथा बालबालिका कार्यलय
रसुवाले जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र बितरण गर्दै आएको छ
। रसुवामा हालसम्म कुल १ हजार ६२ जनाले अपाङता परिचय पत्र लिएको तथ्यांक छ ।
बिशेष अपाङ्गता भएकाको लागि रातो कार्ड लिएका
अपाङग व्यक्तिहरुले सामाजिक सुरक्षा अनुसार मासिक १ हजार राज्यले भत्ता दिने गरेको
छ । रातो कार्ड लिएका व्याक्तिहरुले अन्य सेवा सुविधा नपाउने महिला विकास अधिकृत
अन्जु ढुङगानाले बताउनुभयो । सुरुदेखि हालसम्म २ सय २६ जनाले क बर्गको रातो
अपाङगता लिएका छन् । त्यस्तै १ सय ५९ जनाले ख बर्गको निलो, १ सय ९९ ग
वर्गकाले पहेलो १ सय ६१ जनाले घ बर्गको सेतो र बर्ग नखुलेको ३ सय ५ जना गरी १ हजार
६२ जनालाई अपाङता परिचय पत्र वितरण गरिएको पनि महिला विकास अधिकृत अन्जु ढुङगानाले
बताउँनुभयो ।
यस्तै गरी निमित्त प्रमुख जिल्ला अधिकारि गौतम
रिमालले सबै ठाउमा अपाङगमैत्री बातावरण सिर्जना गर्न पहल गर्न सके मात्र अपाङग
दिवसको सार्थकता हुने बताउँनुभयो ।
रसुवाका प्रहरी नायव उपरीक्षक प्रविण पोखरेलले
शारिरिक रुपमा असक्षम व्यक्तिहरुका लागि लिएको शुन्य शहनशिलताको नीति जिल्ला
प्रहरी कार्यालय रसुवाले अङगिकार गरेको गरेको बताउनुभयो । उहाँले असक्षम भएका अपाङ
व्यक्तिहरुमाथि हुने हिंसा माथि कारबाही र अनुसन्धान गर्ने प्रतिबद्धता
जनाउँनुभएको छ ।
अपाङ्गता जहिले पनि जो सुकै ब्यक्ति हुन सक्ने
भएकोले सवैले अपाङ्गता भएकाहरुका लागि भेदभाव र हेयको दृष्टिले हेर्न नहुने तथा
उनीहरुसँग भिन्न् क्षमता भएकोले प्रोत्साहनको खाँचो रहेको बिभिन्न सरोकारवालाहरुले
बताए ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुल
जनसङ्ख्याको करिब २ प्रतिशत व्यक्ति अपाङ्गता भएका छन् भने विश्वका करिब १५
प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको अध्ययनहरुले देखाएको छ । सन्
१९९२ मा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ३ मा अपाङ्गता भएकाहरूको अन्तर्राष्ट्रिय
दिवसको रूपमा मनाउने घोषणा गरेअनुसार नेपालमा पनि यो दिवस मनाउने गरिन्छ ।
रसुवामा बिभिन्न कार्यक्रमका साथ अपाङ्गता भएका
बालबालिकाहरुलाई बाल अपाङ्ग पुर्नस्थापना केन्द्र खोलेर कालिकास्थानमा ब्यवस्थित
गरिएको रसुवा अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष विष्णु आचार्यले बताए ।
अपाङ्गता भएकाहरुला लागि बिभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएको छ । मानशिक रुपमा
अपाता भएका तथा त्यससम्बन्धि समस्या भएकाहरुका लागि मानशिक स्वास्थ्य परामर्श
केन्द्र नेपालले जिल्ला स्वास्यथ् कार्यालयसँगको समन्वयमा सघाउ पुर्याउँदै आएको छ
।
Subscribe to:
Posts (Atom)
विनाशकारी भूकम्प , चौथो अंग हिजो, आज र भोलि
हेमनाथ खतिवडा राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि ब...
-
हेमनाथ खतिवडा रसुवा । अमुल्य र अपार प्राकृतिक देनहरू मध्ये दृष्यावलोकन पर्यटनमा झरनाले महत्वपुर्ण स्थान ओगटेको हुन्छ । रसुवाको या...
-
हेमनाथ खतिवडा टिमुरे , रसुवा नामाकरण तथा महत्व नेपाल चीन सिमाना रसुवाको टिमुरे गाविस वडा नं ७ मा पर्ने दुधकुण्डको पानी सामान्...
-
हेमनाथ खतिवडा राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि ब...