Wednesday, June 26, 2013

चेतना मूलक नाटक सम्पन्न


धुन्चे, रसुवा


बढ्दो मानव तस्करी तथा बेचविखन न्यून गर्न रसुवाका गाउँ गाउँमा चेतना मूलक नाटक प्रदर्शन गरिएको छ ।

जिविसको युवा साँझेदारी कार्यक्रममार्फत उदयीमान सामाजिक विकास युवा समाजले यार्सा, सरमथली र राम्चेमा मानव तस्करी तथा बेचविखन बिरुद्ध सडक नाटक प्रस्तुत गरेको हो । उमेर नपुग्दै नागरिकता र राहदानी दिएर विदेश जाने तथा बिभिन्न प्रलोभनमा फसेर विदेशमा पीडित हुनु पर्ने हुनाले वैदेशिक रोजगारीमा जानु अघि मान्यता प्राप्त संस्थाबाट तालिम लिएर मात्र जानु पर्ने अन्यथा विदेशमा धेरै नेपालीहरूले पीडित हुनु परेको विषयमा चेतनामुलक नाटक प्रदर्शन गरिएको संस्थाका अनन्त न्यौपानेले बताए । राम्चेमा भएको कार्यक्रममा जिविसका कार्यक्रा अधिकृत कृष्ण विक, जिल्ला खेलकुद विकास समितिका कल्पना तामाङ, माईती नेपालका सहदेव तिवारी सहभागि थिए ।

Tuesday, June 25, 2013

रसुवाको गाउँमा जातिय छुवाछुत उस्तै

हेमनाथ खतिवडा
रसुवा
बिहानको सवेरै गाउँको चिया पसलमा सबै भेला हुन्छन् । नियमित जस्तै चिया समयमा गाउँका २ दर्जन जति मानिस गाउँको पसलमा चियाको चुस्कीसँगै राजनीतिक र अन्य विषयका गफ चलिरहेको थियो । पसलदेखि केही पर कपाल र दाह्ी सेतै फुलेको अन्दाजि ८० बर्षजतिका देखिने व्यक्ति फाटेको कमिज लगाएका छन् । यनी पनि चाख मानेर चिया गफ सुन्दै थिए । विहानीको चिया सबैले पिए ढल्कीन खोज्दै थियो , सबैका गिलास पसल्नी दिदिले धोईरहेकी थिईन् । तर ती बृद्धले भने गीलास आफै धोएर पसलदेखि केहि परको ढुङ्गामा घोप्ट्याए । जातिय छुवाछुत उन्मुलन भए पनि व्यवहारमा भने छैन रसुवाको गाउँमा यस्तो प्रचलन अझै पाईन्छ ।

लहरेपौवा गाविस — ९ का ६० वर्षीय धनबहादुर बिश्वकर्माको व्यवहारमा  सामान्य जस्तै बनिसकेको छ । मुलुकमा संघीय गणतन्त्र आएको छ, देख्दा देख्दै थुप्रै परिवर्तन भएपनि छुवाछुत र दलितमाथिको बिभेद अन्त हुन सकेको छैन बरू कथित माथिल्लो जातिका मानिसहरूबाट बमबहादुर बिश्वकर्मा जस्ता जस्ता थुप्रै दलितहरूको ‘डुम र कामी’शब्दले घृणा गरी उनीहरूको आत्मसम्मानमा चोट लगाईने क्रम जारी छ । गैर दलितले समान व्यवहार गरिदिए हुन्थ्यो जस्तो त मनमा छ तर बिष्टहरूसँग सम्बन्ध बिग्रयो भने कसरी बाँच्नु भन्ने डरले धरै कुरा सहेर बसेको उनले बताए ।

रसुवा जिल्लाका गाँउमा सार्वजनिक ठाउँमा माथिल्ला जाती भनीनेहरूले दलितमाथि छुवाछुतको भेदभाव गर्ने नयाँ कुरा होईन । भोर्ले गाविस — ८ का झक्कबहादुर दमाईले आफ्नो गाउँकै पसलमा चिया मागे चिया नै पाएनन् बरू त डुमलाई चिया दिने हो भनेर उल्टै गाली पाए । यस विषयमा झगडा नै भयो पछि गाउँमा सहमती भयो अबदेखि पसलेले चिया दिनुपर्नेे जातिय छुवाछुतको अन्त्य भैसकेकाले यस्तो बिभेद कसैले गर्न नहुँने भनेर तर उपल्लो जातका भनिनेहरूले सहजै चिया दिन थालेका छैनन् । दलितलाई गाई,भैसीको दुध दिनुहुन्न भन्ने मान्यता अझै कायमै छ । त्यसैले कुनै पसलेले त कालो चिया दिने गर्छन  गिलास भने आफै धुनु पर्छ स्थानीय जगमान दमाईले भने । हामीलाई दहि दुध दिएमा गाई भैसी बिरामी हुन्छ भन्ने गाउँमा अझै अन्धविश्वास व्याप्त छ जसले हामीलाई किनेर खानका लागि दहि दुध त के चिया र दुग्ध जन्य पदार्थ पनि दिईदैन  ।

स्थानीय चिया पसले भन्छन् एका तिर दलितसगँ बसेर गैरदलितले चिया पिउदैनन् त्यसैले दलितलाई चिया दिएमा पसलमा गैर दलित आउदैनन् र ब्यापार हँुदैन , अर्का तिर दुध हालेको चिया दलितलाई दिएमा गाई भैसी बिरामी हुन्छ भनेर गाउँका किसानले दुध बेच्न छाड्छन् त्यसैले दलितलाई चिया नदिन आफु बाध्य भएको उनले बताए । के गर्ने जातिय छुवाछुत उन्मुलन भैसकेको मुलुकका भनेर घोषणाले मात्र केही नहुँदो रहेछ ब्यबहारमा त्यसको कार्यन्वयन भएन भएको कसले हर्ने दलित सेवा संघका अध्यक्ष बिस्वास नपालीले बताए ? नेपालमा दलितमाथीको बिभेद र छुवाछुत प्रथाको अन्त्य भएको भनेपनि रसुवा जस्ता गाउँमा दलितमाथिको बिभेद र छुवाछुत ब्याप्त छ । फलामको काम गर्ने कामी र उनीहरूको कपडा सिलाउने दमाई जातीलाई उपल्लो जातका भन्नेहरूले यातना नै दिएका छन् यसरी सताउनु निन्दनिय कुरा हो । नेपाल उत्पिडित जातिय मुक्ति समाज रसुवाका अध्यक्ष भरत बिकले भने यस जिल्लामा परम्परागत जातिय बिभेद कायमै रहेको छ  यसको अन्त्य गर्न आमुल परिवर्तन हुन जरूरी छ ।

युवाहरूले त सार्वजनिक स्थानमा त्यस्तो बिभेद गर्दैनन् बुढापाकाले रसुवाका गाउँमा छोईछिटो हाल्ने प्रचलन अझै रहेको बताउछन् नेकपा एमालेका जिल्ला नेता भरत बिश्वकर्मा । उनी भन्छन् बाहुन क्षेत्रीका बस्तीमा यस्तो जातिय छुवाछुत रे भेदभाव ब्याप्त छ  । यसको अन्त्य गर्नका लागि जनचेतना अभिबृद्धि गर्न आवश्यक छ । उचित कानुन बनाउने र त्यसको प्रभावकारी कार्यन्यन हुन सकेमा मात्र सम्भव छ । निर्णायक तहमा दलितको पहुँच पुग्न नसकेर यस्तो भएको हो अव बन्ने संबिधानमा दलितको अधिकार रक्षाका लागि लाग्नुपर्छ नत्र दलितहरू सदाका लागि पछि पर्ने स्थानीय राजकुमार बिकले बताए अभियानका क्रममा गाँउ जादामा आफुले पनि यस्तो ब्यवहार खेप्नु परेको बताए । यसरी बिभिन्न बाहनामा यस्ता थुप्रै दलितहरूको आत्मा सम्मानमा चोट पु¥याउने हरूलाई राज्यले के कारबाही गर्छ यो प्रश्न अहिले गम्भीर रूपमा उठेको छ ।

जातिय भेदभावका कारण धैबुङ्ग गाविस —१ ईटपारे र लहरेपौवा — ९ को दलित बस्तीमा गैरदलितले एकै मुहानबाट खानेपानी नदिएकोले  खानेपानीका लागि घण्टौंसम्म टाढा धाँउछन्  । यहाँका दलितकहरूलाई अन्य समूदायले सामाजिक न्यायको दृष्टिले हेर्न जरुरी छ  । बिगतदेखि नै आफ्ना पुर्खाले एउटै मूहानका खानेपानीको प्रयोग गर्दै आएकोमा ०६४ पुसदेखि बिबाद निकालेर त्यहाँका बाहुन समूदायले खानेपानी नदिए पछि लहरेपौवा — ९ दलितबस्तीका जनता कथित उपल्लो जातकाले कपडा धोएर खेर गएको पानी पिउन बाध्य भएको समेत स्थानीय रामबहादुर बिश्वकर्माकले बताए । यस्ता जातिय छुवाछुत गर्नेलाई १ बर्ष कैद र३ हजार जरिमाना गर्ने कानुनी मान्यता भएपनि प्रभावकारी कानुनी कार्यन्वयन नभएर छुवाछुतको ब्यवहारमा उन्मुलन हुन नसकेको हो  । जसका कारण यहाँका हजारौं दलितहरूले यस्तो छुवाछुत र भेदभावकाृ शिकार बनिरहेका छन् । के संघीय गणतान्त्रिक नयाँ नेपालले यहाँका दलितहरूको मुहारमा पनि खुसी ल्याउन सक्ला त ? यी सबै व्यवहारले नयाँ नेपालको संकेत गरिरहेको छ की अरू नै केही  ? नेपाल छुवाछुतमुक्त देश घोषणा भइसकेको  र नेपालको अन्तरिम संविधान, २०६३  एवम् ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय ऐन) २०६८’ ले कसैमाथि पनि जातीय विभेद गर्न नपाइने र कसैले त्यसो गरेकोमा कैद सजाय समेत हुने कानुनी व्यवस्था छ । यति हुँदाहुँदै पनि समय–समयमा  दलित व्यक्ति र समुदायमाथि  हुने दुव्र्यवहार  र आक्रमण निन्दनीय पक्ष हुोइनन् र ?  

२०६३ मा नेपाल समाचार पत्र दैनिक तथा ईन्सेक अनलाईनमा प्रकाशित समाचार ।

रसुवामा आकस्मिक रक्त सञ्चार सेवा

धुन्चे, रसुवा


जिल्लामा पर्ने रगत अभाव कम गर्न रसुवा जिल्लामा पहिलो पल्ट आकस्मिक रक्त संचार सेवा सुरु भएको छ ।
रगतका समस्याका कारण यहाँ उपचार गर्न आउने विरामीलाई अन्यत्र रिफर गर्न नपरोस् भन्ने उद्धेश्यले रसुवा जिल्ला अस्पतालले आजदेखि “आकस्मिक रक्त सञ्चार सेवा” सुरु गरेको छ । उपचार गर्न आउने विरामीहरूले रगतको खाँचो पर्ने भएपछि उक्त सेवा सुरु गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा  रमेशकुमार खरेलले बताउनु भयो ।
अस्पतालको आफ्नै पहलमा सुरु गरिएको उक्त सेवामा प्रत्येक रगत समूह व्यक्ति पहिचान गरी आवश्यक पर्दा रक्त दानका लागि आग्रह गर्ने र प्रत्येक समूहका रगतहरू स्टक राखिने डा खरेलले जानकारी दिनुभयो ।
रक्तदानबाट प्राप्त रगत ३४ दिनभित्रमा प्रयोग गरिसक्नुपर्ने भएकोले जिल्लालाई स्टक राखी अन्य रगतहरू नुवाकोट तथा देशका अरु रक्त सञ्चार सेवा केन्द्रहरूमा पठाएर मुलुकभरको रगत अभावलाई परिपुर्तिमा सहयोग गर्न सकिने पनि कार्यक्रममा बताइएको छ ।
सो सेवा सञ्चालन गर्नको आवश्यक पूर्वाधार दक्ष डक्टरको व्यवस्थापन भईसकेको र आवश्यक  पर्ने रगत दिनको लागि सम्पूर्ण नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरूलाई अस्पतालले अनुरोध गरेको छ । यो सेवा सञ्चालन पछि रसुवा जिल्ला अस्पतालले छिट्टै नै अल्ट्रासाउण्ड र अपरेसनको सेवा पनि सञ्चालन गर्न लागिएको बताईएको छ ।
आकस्मिक रक्त सञ्चार सेवा उद्घाटन समारोहमा रगत के हो, किन दान गर्ने भन्ने विषयमा पनि जानकारी दिइएको थियो । आकस्मिक रक्त सञ्चार सेवा सञ्चालनको लागि डा खरेल तथा जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीलगायतले रक्तदान गरी कार्यक्रमको सुरुवात गरेका छन् ।


चौरी पालनतर्फ आकर्शित गर्न कृषकलाई सामाग्री वितरण

 हेमनाथ खतिवडा
धुन्चे , रसुवा
हिमाली जिल्ला रसुवाको लाङटाङमा चौरी पलक कृषकहरुलाई दुग्ध विकास संस्थानले वर्षादी, गम बुट, नुन र बाल्टिन वितरण गरेको छ ।
कृषकहरुलाई चौरी पालन तर्फ आकर्शित गर्न संस्थानले सामाग्री वितारण गरेको हो । पर्यटकीय क्षेत्रमा बढ्दो पर्यटक आगमनसँगै दुग्ध जन्य पदार्थको उत्पादन बढाउन तर्फ किसानहरुलाई दुध दुहुने बाल्टिन, गोठालोलाई वर्षादी तथा गम बुट र चौरीगाईलाई खुवाउन नुन वितरण गरिएको क्यान्जिङका चिज उत्पादन केन्द्र प्रमुख कग्याल्बो तामाङले बताउनुभयो । एक कार्यक्रमका बीच ९ सय किलो नुन, ३२ जनालाई एक एक थान बाल्टिन, गम बुट र वर्षादी बितरण भएको कृषक समुहका अध्यक्ष तेन्जेन लामाले बताए । सामाग्री बितरण तथा पेश्की रकमले चौरी पाल्न प्ररित गरेको छ उनले भने ।
दुग्ध जन्य उत्पादनको सम्भावन हुँदा पनि कृषकहरुले चारी पालनको अलवा अन्य पेशा रोजे पछि यहाँका कृषकहरुलाई चौरीपालन तर्फ आकर्शित गर्न वर्षभरी उत्पादन हुने दुधको रकम अग्रीम पेश्की दिएको पनि उहाँले बताउनुभयो । अहिले ३२ जना कृषकहरुले तीन सय वटा चौरी पालन गरिरहेका छन् । पेश्की दिन थालेपछि यस वर्ष ६ जना नयाँ कृषकले चौरी पालन सुरु गरेका छन् । यसवर्ष दैनिक ४ सय लिटर दुध कृषकले चिज केन्द्रमा बिक्रीका लागि ल्याउने गरेका छन् । गतवर्ष २ सय पचास लिटर मात्र दुध नियमित बिक्रीका लागि आउने गरेको चिज उत्पादन केन्द्रले जनाएको छ । स्वदेशी तथा विदेशी पर्यटकले यहाँ उत्पादत याक चिज र दहि निकै मन पराउने भएकोले दुग्धजन्य उत्पादन बढाउन आकर्शक कार्यक्रम ल्याउन आवश्य रहेको कृषकहरुको माग छ ।
अहिले प्रति लिटर ५० रुपैयाँसम्म पाएको र यसको मुल्य बृद्धि गरी ६० रुपैयाँ हुनु पर्ने र यस्ता कार्यक्रम निरन्तर हुनु पर्ने स्थानीय कृषकहरु बताउछन् ।


विनाशकारी भूकम्प , चौथो अंग हिजो, आज र भोलि

हेमनाथ खतिवडा  राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि ब...