हेमनाथ खतिवडा
टिमुरे , रसुवा
नामाकरण तथा महत्व
नेपाल चीन सिमाना रसुवाको टिमुरे गाविस वडा नं ७ मा पर्ने दुधकुण्डको पानी सामान्य पानी भन्दा सेतो छ । चामल पलाखेको चौलानी जस्तै देखिन्छ । पहिले दुध जस्तौ भएकाले दुधकुण्ड नामाकरण गरिएको जनविश्वास छ ।
कुण्ड कसरी पत्ता लाग्यो भन्ने विषयमा भने कसैको फरक मत छ । स्थानीय उर्केन घले भने ‘तिव्वतको लेन्देबाट आएका गोठालाहरूले देखेर पत्ता लगाएको वताउँछन् । आकाशमा बादल लाग्दा कुण्डको पानी पुरै दुध जस्तै देखिन्छ ।’
ऐतिहाँसिक पक्ष
टिमुरेका प्रमुख लामा गुम्वोवाङ्डा लामाका अनुसार दुधकुण्ड स्थानीयले यस कुण्डलाई पेदाङ छो भन्छन् । पूmलको रूख र तोरमा जस्तै आकृति कुण्डमा देखिन भएकाले पेदाङ छो भनिएको हो । यो कुण्ड पन्ध्र सय वर्ष अघि लामाहरूले पत्ता लागाएको लामाले बताए । गत्लाङको पार्वती कुण्ड र दुधकुण्ड दिदिबहिनी हुन् लामाले भने । यहाँ विभिन्न शीलालेखको आधारमा यो निकै पुरानो र निकै महत्वको छ । कुण्डमा बर्षेनी भदौ पुर्णिमाका दिन मेला लाग्दछ । त्यहाँ पुगेको वर्ष झाँक्रीहरूले तीन वर्ष दर्शन गर्न आउने नआउने निक्र्यौल गर्नुपर्ने प्रचलन छ ।
रसुवा जिल्ला र चिनको सिमाना टिमुरे गाविसमा पर्ने दुधकुण्ड संरक्षण र प्रचार प्रसारको नभएर ओझेलमा परेको छ । जिल्ला सदरमुकाम धुन्चेदेखि पाँचदिनमा पुग्न सकिने तिब्बत सिमानामा पर्ने टिमुरे गाविस वडा नं – ७ मा पर्दछ । धार्मिक तथा पर्यटकीय रूपमा निकै प्रसिद्ध र महत्वको रहेपनि संरक्षण र प्रचार प्रसार सरकारी तथा गैरसरकारी तवरबाट प्रयास नहुँदा ओझेलमा परेको हो । बर्षेनी हजारौं विदेशी पर्यटक आउने रसुवामा दुधकुण्ड जाने राम्रो प्रदल मार्ग र टिमुरेदेखि चारदिन लाग्ने बाटो वरपर कुनै वासस्थान नभएकाले विदेशी तथा स्वदेशी पर्यटकहरू दुःखी भएर फर्कने गरेका छन् ।
नेपालमा आउने पर्यटक माझ रसुवाको लाङटाङ निकै प्रख्यात र प्रसिद्ध छ तर लाङटाङ हिमालको काखमा रहेको दुधकुण्ड प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो । सन् २०११ लाई पर्यटकीय वर्षको रूपमा प्रचार भएपनि दुधकुण्ड जस्ता थुप्रै पर्यटकीय सम्भावना बोकेका स्थानमा सम्बन्धित निकायको आँखा पर्न सकेको छैन । पर्यटकीय गन्तब्य मार्गमा राखेर प्रचार प्रसार गर्न सके पदयात्रा बढाएर दुधकुण्डलाई आकर्शक पर्यटकीय गन्तब्यको सूचीमा राख सकिन्छ ।
टिमुरेबाट ४ दिन पैदल हिडेर पुग्न सकिने दुधकुण्ड समुन्द्री ४ हजार ७ सय मिटर उचाईमा रहेको छ । हिमाली हावाको चिसो सुस्याहट सुरम्य वातावरण धरी धरीका फूलको वासनाले मृग उफ्रेका र डाँफे चरी नाँचे देख्दा उकाली बाटोको पट्यार लाग्दो यात्रालाई सहज बनाएकको महसुस हुन्छ । साँच्चै प्रकृतिका बिभन्न थरीका मनोरम दृष्यहरूले चुनौतीपुर्ण यात्रा नै भए पनि त्यहाँ स्थानमा पुग्ने सबैलाई लाग्न एकपटक पुग्नै पर्ने रहेछ गन्तव्य रहेछ दुधकुण्ड ।
नेपालको मध्यमाञ्चल विकास क्षेत्र भित्र रहेको रसुवा थुप्रै मनोरम पर्यटकीय दृष्यले सजिएको छ । कृतिले नै सिंङ्गारेको लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षीत यो कुण्ड हेर्दा गोसाँईकुण्ड जत्रो देखिए पनि थोरै सानो र आकार केही फरक छ । मनोरम दृष्यले सजिएका कुण्डमा धार्मिक, पर्यटकीयपदयात्रा मार्ग हो । यहाँका प्राकृतिक दृष्य, जैविक विविधताले यो स्थान पुग्ने कसैको पनि मन प्रफुल्लित हुन्छ । हालसम्म यो कुण्डमा पुग्ने भौतिक पुर्वाधार, बाटोघाटो निमार्ण तथा कुण्डको संरक्षणमा कसैले चासो गएको छैन । बिदेशी पर्यटक वा पदयात्राका पारखीहरूले यस यात्रालाई साहसिक पदयात्राको संज्ञा दिएबका छन् । दुधकुण्ड प्रचार – प्रसार नभएर ओझेलमा परेको दुधकुण्ड युवा क्लबका सचिव पूmर्पुदोर्जे घलेले बताए । उनले भने ‘यहाँका दृष्य हेर्न बिदेशी पर्यटक कमै मात्रामा आउछन् पर्यटकीयसम्भावना रहेकाले यस्ता ओझेलमा परेका सम्पदाको प्रचार र विकास गर्न क्लब खोलेर कम्मर कसेका छौं ।’
धार्मिक तथा पर्यटकीयमहत्वको पवित्र तीर्थस्थल दुधकुण्ड एतिहाँसिक रसुवागढी रहेको टिमुरे गाविस टिमुरेमा पर्दछ । यात्रा गर्दा तीर्थयात्रीले एउटै मार्ग भन्दा फरक मार्गबाट फरक दृष्य हेर्न पाईने भएकाले जाँदा घट्टेखोला र फर्कदा खैदीहँुदै टिमुरे फर्कने मार्ग रोज्छन् । पापबाट मुक्ती पाई पुण्य कमाउने आशामा यहाँ भक्तजनहरू कठिनाइपूर्ण यात्रा गरेर भएपनि दुधकुण्ड पुग्छदन् । कुण्डमा गएर एक माग गरेमा पुरा हुने टिमुरेका ईन्द्र थापाले बताए । कुण्डमा नुहाउन डुबुल्की मारेपछि कुण्डको सतहबाट एउटा ढुङ्गा टिप्ने र त्यसलाई जतनसाथ ल्याएर घरमा राख्नाले छोरा नहुनेको छोरा जन्महुने उनले बताए । बच्चा पैदा नभएसम्म घरमा पुजा गरेर राख्नुपर्छ । केहीवर्ष अघि उनले त्यसै गरेपछि छोराको जन्म भयो त्यसैले पुन सुख र शान्तिको कामना गर्दै दुध कुण्ड आएको थापाले भने । दुधकुण्ड मेला यात्रीले मुलुकमा स्थायी शान्तिको कामना गरे ।
कुण्डै कुण्डको जिल्लाको रूपमा रहेको रसुवामा १ सय ८ भन्दा बढी कुण्ड रहेको स्थानीयबासी बताउछन् । कठिनाई पुर्ण बाटो छ । त्यसैले सहासिक पर्यटक मात्र त्यहाँ जान सक्ने अवस्था छ । बाटोघाटोको निर्माण हुन सकेमा मात्र पर्यटक आगमनमा बृद्धि हुने देखिन्छ यस ठाउँले गोसाँईकुण्ड र लाङटाङको जत्तिकै पर्यटक आर्कशित गर्न सक्छ टिमुरेका सुर्य घलेले भने ।
यो कुण्ड पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आवश्यक रहेको देखिन्छ । बाटो घाटो र कुण्डको संरक्षणमा सम्बन्धित क्षेत्रले चासो दिएका यहाँका जनताको आय आर्जनमा टेवा पुग्ने निकै सम्भावना छ । टिमुरे गाविसका युवाहरू संगठित रूपमा दुधकुण्ड युवाक्लव मार्फत खैदीबाट दुधकुण्ड जाने बाटो बनाउन जुटेका छन् । दुधकुण्डसम्म सरल पैदल मार्ग निर्माण हुन सके यहाँको पर्यटन विकासको माध्यमबाट गरीवी न्युनीकरण हुने स्थानीयवासी वताउछन् । बाटो निर्माण गरी ठाउँ ठाउँमा विश्राम स्थल , चिया पसल , निर्माण गर्न सकेमा जिल्ला मात्र होईन देश बिदेशका पर्यटक यहाँ पदयात्रा गर्न आउने भएकाले उचित विकासका लागि पहल गर्न आवश्यक देखिन्छ ।
टिमुरे गाविसबाट दुधकुण्को यात्रा शुरू हुन्छ । यात्राको पहिलो दिन बाटोमा नेपाल र तिब्बती भू–भागका हिमाल , रमणीय खर्कहरू बनस्पत्ती, बन्यजन्तुहरू जस्ता बिभिन्न दृष्यहरूले आनन्दितहुँदै दुघट्टेखोला, धुम्बाबुृ, धोजु, तोङया पुगेर बास बस्न सकिन्छ यात्राको दोसो्रदिन तोङ्याबाट नालुङखर्क, लाङटाङ बासा पुग्न सकिन्छ । त्यहाँबाट थुप्रै रमाईला दृष्यहरू देख्न सकिन्छ । यसले यात्राको थकाई पनि मेटाउँछ । सो दिन चेन्दुलुङ पाखा,चेन्दुलुङ खोला, चौरी खर्क भेडा खर्कहुँदै दुधकुण्ड पुग्न सकिन्छ । यात्रा गर्दा ३ दिनको यात्रा तय गर्दा राम्रो हुन्छ । सो दिन कुण्डमा स्नान गरी फर्कदा गाङसेर, कालोकुण्ड घ्यागर छो झारलखर्क, याङछोसा, देउराली रावुलाप्चे ,सिङयुल ,डुप्चु, जार्सा, क्यारूङ,थाङसेम्बु, ब्राङगा जस्ता बाटोमा पर्ने बिभिन्न स्थानबाट मनोरम हिमाली दृष्य र ठुला खर्कहरू देख्न सकिन्छ । यात्राको अवधिमा नेपाल र चीनका थुप्रै हिमाल र बस्तीका रमाईला दृष्यहरू देख्न सकिन्छ ।
जाङदोर गाङबाट चारैतिर खुल्ला र हिमालै हिमालका दृष्य हेर्दै,सुवुरगाङ् गुम्बा,खैदीको गुरूगुम्बा, एक औलाले हल्लाए जति जनाले सक्दो बल गरेर हल्लाए पनि उत्तिकै हल्लीने अनौठो ढुङ्गा देख्न सकिन्छ । त्यसलाई स्थानीयले ढाकर थाङबो भनेर पुजा ग र्दछन् । त्यहाँ चार सय वर्षभन्दा पुराना ग्रन्थ रहेको आचार्य कर्मलेक्चे कर्मछिरिङ टासी लामाले बताए । उनका अनुसार पाँच सय वर्ष पुरानो सुवुरगाँङ गुम्बामा रहेका गुरू पद्मासम्भाको ४ हजार ८ सय प्राचीन मुर्तिहरू थिए । त्यस मध्ये १ हजार मात्र छन् बाँकी सबै बिग्रेका छन् । मर्मतका लागि कसैबाट पहल नभएको लामाले बताए । त्यहाँको अर्को आर्कशणको केन्द्र बनेको खैदीमा रहेको घले दरबार जीर्ण बनेको छ । यात्रा खैदी गाँउहुँदै टिमुरे फर्कने सकिन्छ । राजधानीबाट शिधैको रसुवाको सदरमुकाम धुन्चेहँुदै स्याफ्रुबेंशीसम्म सवारी साधनबाट पैदलयात्रा शुरू गनुपर्ने हुन्छ , उच्चभागमा पुगीने भएकोले हावामा आक्सिजनको मात्रा कम हुँदै जान्छ , त्यहाँ फुलिरहेको भुई झारहरू , बुकी फुलको गन्ध चल्छ गर्दछ । जसले गर्दा लेक लागेर कसैलाई टाउको दुख्ने वाकवाक्ी लाग्ने हुन्छ । त्यसैले यहाँ यात्रा गर्दा कागती, लसुन, तातोपानी ,भिक्स् लगाएतका घरेलु औषधी सेवन गरी मन्द गतीमा उकालीनु पर्ने एक पटक दुधकुण्ड पुगीसकेका तीर्थ यात्री मुकुन्दराज भेटवाल बताउछन् । दुधकुण्ड क्षेत्रमा धेरै प्रकारका जडिबुटी कस्तुरी, झारल मृग, हिमचितुवा, गिद्ध, डाँफे, चौरी र भेडा पाल्ने रमणीय खर्कहरू रहेको बताउदै भौतिक पुर्वाधारको विकास गरी प्रचार प्रसार गर्न सके पर्यटकीयसम्भावना रहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । मेलाको समयमा कुण्डमा स्थानीय तमाङ झाँक्री ह्ल्मोहरू आ–आफ्ना परम्परागत आर्कशक भेषभूषामा सजिएर नाँचगान गर्दछन् ।
राष्ट्रको शान्ति, सम्वृद्धि र स्थयित्वका लागि नेपाल पर्यटन वर्षको भव्य समारोहका बीच शुभारम्भ हँुदा प्रशस्त पर्यटकीय सम्भावना बोकेको रसुवा जिल्ला सिमाना भने अत्यन्त चिसोका कारण मुस्ताङ भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको कुनै चहलपहल नहुँदा स्थानीयवासीमा पर्यटनवर्षको थालनीले कुनै रौनकता ल्याउन सकेको छैन ।
मुख्य सिजनमा दैनिक तीनसय जनासम्म पर्यटक आउने यस जिल्लामा पर्यटन वर्ष शुभारम्भको पर्यटकहरूको ठूलै समूहको अपेक्षा लिएर स्वागतार्थ उपस्थित स्थानीयवासी र सरकारी निकायका पदाधिकारीहरू अति थोरै पर्यटक आगमनका कारण उत्साहित हुन सकेनन् पर्यटन वर्षमा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइरहँदा पर्यटकहरूको एक मुख्य गन्तव्यस्थल रसुवा आउने पर्यटकका लागि थप नयाँ ‘प्याकेज’ तयार हुनसकेको छैन । कतिपय व्यवसायीहरू पर्यटन वर्षका बारेमा आफूहरूलाई कुनै जानकारी नभएकोबताउँछन् ।
जिल्ला पर्वतारोहण, साहसिक पर्यटन, धार्मिक, सांस्कृतिक पर्यटनका साथै कृषि पर्यटन, खेल पर्यटन र पर्यापर्यटनको दृष्टिले देशकै प्रशस्त सम्भावना रहेको जिल्ला भएर पनि यसको बजारीकरण हुन नसक्दा ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्न सकेका ेछैन । प्राकृतिक सम्पदा,सांस्कृतिक विविधता र धार्मिक विशिष्ठताले धनी भएर पनि त्यसलाई पर्यटकीयक्रियाकलापमा जोड्न नसक्दा यहाँ आउने पर्यटकहरूको बसाइअवधि लम्ब्याउन नसकेको स्थानीय पर्यटन व्यवसायीहरू स्वीकार्छन् । हिउँदको समयमा वर्षभरी नै चिसो हुने भएपनि मंसीदेखि माघसम्म अत्यन्त ठण्डा हुनेहुँदा पर्यटकहरूको आगमन कम हुने गर्दछ । पर्यटकको वसाई लम्व्याउन विशेष आर्कशण तथा उत्सव मेलाको आयोजना गर्नुपर्ने स्थानीयवासीहरूको भनाई छ ।
हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु गुम्बैगुम्बाको जिल्लाको रूपमा चिनिने यहाँ सानाठूला गरी सयभन्दा बढीगुम्बाहरू रहे पनि तिनको सांस्कृतिक तथा धार्मिक पक्षका बारेमा प्रचारप्रसार हुन नसक्दा पर्यटकहरू त्यसबाट पनि अनभिज्ञ रहनुपर्ने अवस्था छ । पर्यटक आकर्षत गर्न पर्यटन वर्षका अवसरमा जिल्लाका विभिन्न स्थानहरूमा उत्सव तथा महोत्सवको आयोजना गर्ने तयारी भने भएको छ ।
टिमुरेका उर्केन घले भन्छन् ‘यसरी हिउँ कम पर्न थाल्यो भने हामीले जति नै पर्यटनको कुरा गरेपनि आकर्षित गर्न सकिंदैन ।’ जिल्लामा आउने अधिकांश पर्यटकहरू हिमाल हेर्नकै लागि आउने गरेको उनले भने नेपाल चीन सिमानाको रसुवागढी हेर्न आउँने पर्यटकहरू परैबाट चित्त दुखाएर फर्कन्छन् , दुईदेशको सिमानामा सरकारले विदेशी पर्यटकलाई भ्रमण अनुमती नदिएपछि समस्या भएको छ ।
No comments:
Post a Comment