Wednesday, January 12, 2011

प्रदीपको नयाँ .

प्रदीपको नयाँप्रदीप नेपाल ३२ औं कृतिसाथ आएका छन् । नियात्रा र संस्मरण समेटिएको 'जननी जन्मभूमिश्च...' सभामुख सुभासचन्द्र नेम्वाङले मंगलबार सार्वजनिक गरे ।उक्त कृतिमा दार्जिलिङलाई नेपालकै दाबी गरिएको छ । 'नयाँ तथ्यसहितको यो कृतिले सत्य खोतल्ने प्रयास गरेको छ,' सभामुख नेम्वाङले भने, 'धेरै हदसम्म सत्य बाहिर आएको छ ।' अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन्सले बजारमा ल्याएको कृतिमा 'सीम भन्ज्याङबाट ग्रेटर नेपाल', 'गौतम बुद्धका नाउँमा वर्गभेद', 'सराङकोटको सूर्योदय', 'मन दुख्यो लोमान्थाङमा' जस्ता २२ सिर्जना छन् । कथा, उपन्यास, निबन्ध, कविता गरी यसअघि उनका ३१ कृति प्रकाशित छन् ।

0 comments: